arrow

स्टेक होल्डरसँग समन्वय गरेर बार्ता गरेमात्रै समाधान

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1033846085.jpeg
काठमाडौ । संघीय समावेशी मधेसी गठबन्धनले मधेस आन्दोलनका सबै स्टेकहोल्डहरुसँग समन्वय गरेर बार्ता गरेमात्रै मधेसको समस्या समाधान हुने स्पष्ट पारेको छ ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गठबन्धनको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले राज्य र आन्दोलनमा देखिएका अतिबादीले मुलुकमा झनै अन्यौलता सृजना गरेकोले त्यसको अन्त्य गरेर मिलन विन्दु पहिल्याउन आफूहरु काठमाडौ आएको भन्दै मधेसमा आन्दोलनरत सबै स्टेक होल्डरहरुसँग समन्वय गरी बार्ता गरेमात्रै समस्याको सम्पूर्ण समाधान निस्कने बताए । 

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले सरकारले अलग बार्ता टोली गठन गरेर भन्दा पनि अब प्रधानमन्त्रीको नेतृत्वमै  सोमबार आयोजना गरेको जस्तो बार्ता हुनुप र्ने भन्दै त्यसमा सबै मधेसका स्टेक होल्डरहरुलाई राख्नु पर्ने सुझाव दिए । 

काठमाडौमा मधेसको माग माने विखण्डन हुने चिन्ता रहे पनि मधेसमा त्यस्तो धरातलीय यथार्थ नरहेको दावी गर्दै मधेसको समस्या देशको भएकोले देशभित्रै नखोजी अन्यत्र खोज्ने सोचले समस्याको समाधान नहुने ठोकुवा गरे ।  भण्डारीले  मधेसका २२ जिल्लामा ३९ प्रतिसत पर्वते, ३८ प्रतिसत ३८ प्रतिसत १२ प्रतिसत थारु र १० प्रतिसत मुस्लिम रहेकोले मधेसीकोलागि मधेस प्रदेश भन्ने कुरा गलत भएको भन्दै मधेस आन्दोलन विरुद्ध चुरे भावरलाई प्रयोग गरिएको घटनाले साम्प्रदायिकता बढ्ने चिन्ता ब्यक्त गरे । 

तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले सरकारसँग बार्ता गर्दा आन्दोलनका सबै स्टेक होल्डरहरुसँग बार्ता सगरी संयूक्त रुपमा माग प्रस्तुत गर्दा समस्या समाधानमा सजिलो हुने भन्दै आफूहरुले ९ बुँदे अवधारणा तयार पार्दा मुस्लिम र थारुहरुसँग समन्वय गरेको जानकारी दिए । 

उनले अहिले पनि समस्या समाधानमा प्रमुख नेताहरु गंभिर नदेखिएको भन्दै नेताहरु केवल अर्थतन्त्र कमजोर भयो, जनजीवन कष्टकर भयो आन्दोलन फिर्ता लिनुपर्छ भन्ने भावनामा मात्रै रहेकोले यस्ले समाधान नदिने दावी गरे ।  उनले अहिले पुरा गर्न सकिने माग संबोधन गरेर बाँकी मागहरुमा छलफल गर्दै अघि बढ्नु पर्ने धारणा राख्दै भेग माग राखेर गोलमटोल कुरा गरेर समस्याको समाधान हुन नसक्ने तर्क गरे । 

गुप्ताले सीमांकनमा मधेसमा जोडिएका दुई प्रदेश, समावेशीकरणलाई राज्य परिचालनको हरेक अंगमा राख्ने र प्रतिनिधित्वको सवालमा प्रत्यक्ष निर्वाचित १६५ जनालाई जनसंख्यको आधारमा र त्यसैको आधारमा राज्यसभामा प्रतिनिधित्व त्यस्तै समावेशीतर्फ ११० जनप्रतिनिधि पनि जनसंख्याको आधारमा गर्नु पर्ने धारणा राखे । 

संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले समस्या समाधानकोलागि सत्तारुढ र प्रतिपक्षी दलले ठोस गृहकार्य गरेको नदेखिएको भन्दै मधेसको विषयमा दिग्भ्रमित पार्ने र भारत विरुद्ध उभ्याउने कुरा दुर्भाग्यपूर्ण भएको दावी गरे ।  उनले मधेसको आन्दोलन लहलहैमा नभई २५ वर्ष अघि सुरु भएको भन्दै मधेसको मागको विषयमा काठमाडौमा धेरै ट्यूसन पढाएपनि नबुझेको गुनासो गरे । 

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलन परिणाम मुखि होस र राज्यलाई पनि समस्या समाधानमा सजिलो होस भनेर आफूहरुले गठबन्धन निर्माण गरेको भन्दै प्रमुख दलका नेताहरुसहित आन्दोलनरत दलका नेताहरुलाई पनि आफूहरुको अवधारणाको विषयमा जानकारी गराउने बताए । 

उनले सबै स्टके होल्डरहरु एक ठाँउमा आए समस्या समाधान गर्न सजिलो हुने भएकोले यो तथ्यलाई आफूहरुले स्थापित गर्ने बताए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ