arrow

नन्दिता भन्छिन्ः ‘प्रेम र जुवामा हतार गरेको राम्रो हुँदैन’(कैफियत ट्रेलर)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1401668077.jpeg
काठमाडौं । आगामी माघ १५ गते रिलिज घोषणा गरेको फिल्म ‘‘कैफियत’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर, फष्टलुक र गीत सार्वजनिक गरेका हुन् ।  लामो समयसम्म भीएफएक्स एनिमेसन र सम्पादनको अनुभव सँगाली सकेका दशरथ गिरीले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरमा एक्सनलाई प्राथमिकता दिईएको छ । फिल्ममा अभिनेत्री नन्दिता केसीले ‘प्रेम र जुवामा हतार गरेको राम्रो हुँदेन’ भन्ने संवादले दर्शकलाई तान्ने सम्भावना देखिन्छ ।

ओम दक्षिणकाली फिल्मस् प्रालीको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता चिन्तामणी बराल हुन् । फिल्ममा नन्दितासहित नविन श्रेष्ठ, सीपी पौडेल, शंकर शाही ठकुरी, किसान सुनवार, साजन थापाको मुख्य भूमिका छ । अर्जुन पोख्रेलको संगीत रहेको यो फिल्ममा माधव शर्माको संवाद र कथा, रामेश्वर कार्कीको छायांकन र धना देवकोटाको निर्माण छ ।

यसै मितिमा फिल्म ‘पशुपति प्रसाद’ र ‘रिफ्युजी’ आउने भईसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ