arrow

नेपाल जिम्बावेबाट पाएको २१४ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
nep-zim-20222.jpg

काठमाडौं । नेपाल र जिम्बावे ए बीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट टीयू क्रिकेट मैदानमा चलिरहेको छ । नेपालले २१४ रनको चुनौती पछ्याउँदै छ । खराब मौसमका कारण ३३ ओभरमा झारिएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्यो । 

जिम्बावेले पहिले ब्याटिङ गर्दै ३२.१ ओभरमा अलआउट हुँदै २१३ रन बनायो । तादिवानाशे मारुमनीले सर्वाधिक ५० रन बनाए । नेपालका लागि किशोर महतोले ४३ रन खर्चेर ५ विकेट लिए । त्यसतै सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

नेपाल क्रिकेट संघ क्यानले हिजो वर्षा भएकाले टीयू क्रिकेट मैदान ओसिलो हुँदा खेलमा ढिलाई भएको जनाउँदै ३३ ओभरमा झारिएको बताएको थियो । बिहान ९ः३० बजे हुनुपर्ने खेल पटक पटकको निरीक्षण हुँदा १२ः३० बजेदेखिमात्र शुरु भएको थियो । 

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ । तीन खेलको सिरिज १–१ को स्थितिमा रहेको  छ ।

पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । नेपाल १३६ रनमै अलआउट भएको थियो । 

तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ । 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावेसँग सिरिज खेलिरहेको हो।

यसअघि भएको तीन खेलको टी–२० सिरिज सिरिज १–१ को बराबरीमा सकिएको थियो । दुवै टिमले एक एक खेल जित्दा एक खेल वर्षाले गर्दा रद्द भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ