arrow

बर्दियामा एड्सको औषधि अभाव

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1850302461.jpeg
यादव आचार्य, बर्दिया । एड्सको महामारीको अन्त्य, दीगो विकासको लक्ष्य भन्ने नारा सहित २८ औं एड्स दिवस देशभर मनाई रहँदा बर्दियाका एचआईभी संक्रमितहरुलाई भने सेवन गर्ने कोर्टीमोक्साजोल ट्यावलेट छैन । लामो समय देखिको तराईमा भएको बन्द हड्ताल लगायत भारतले गरेको अघोषित नाकावन्दीका कारण बर्दियामा ५ महिना देखि एचआईभी संक्रमितले सेवन गर्ने कोर्टिम नामक औषधीको चरम अभाव भएको हो ।

एलर्जीबाट बच्न एचआईभी एड्स भएकाले सेवन गर्ने कोर्टीमोक्साजोल ट्यावलेट जिल्ला अस्पतालमा अभाव हुँदा संक्रमितहरु औषधी सेवन गर्नबाट बञ्चित हुने अवस्था श्रृजना भएको एचआईभी संक्रमित डाँसीराम प्रसाद अधिकारीले वताए ।  संक्रमीत हरुका लागि अत्यावस्यक औषधी कोर्टीम जिल्लामा अभाव भएपछि केही संघ संस्थासँग मागेर काम चलाउँदै आएको एन्टीरेट्रोभाईरल उपचार केन्द्रले जनाएको छ । एचआईभी  एड्स भएकाहरुले नियमित खानुपर्ने औषधी अभाव भएपछि संक्रमितहरु मर्कामा परेका हुन् । बर्दियामा २ सय २९ जना एचआईभी संक्रीमत छन् । 

एआरटी सेन्टर गुलरियाबाट महिला पुरुष र वालवालिका गरी ५४ जनाले एआरभी औषधी सेवन गरिरहेको एआरटी परामर्शदाता अस्मिता न्यौपानेले जानकारी दिईन् । अस्पतालमा एड्स भएकाले नियमित सेवन गर्नु पर्ने एन्टिरेट्रो भाईरल औषधीहरु ६६ वट्टा मात्र रहेकोले यस्तै आन्दोलनको अवस्था रहि रहे एड्स भएका हरु संकटग्रस्त अवस्थामा पुग्ने उनले थपिन् । बर्दियामा पनि एड्स दिवस उल्लासका साथ मनाईएको जिल्ला एड्स समन्वय समिति बर्दियाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ