arrow

महिना दिनमै तीन लाख बढीले हेरे केकी-पलको रोमान्स(भिडियो)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
399507755.jpeg
काठमाडौं । गीत गायन पछि गायकले प्राथमिकता दिने विषय हो म्युजिक भिडियो । राम्रो शब्द, संगीतमा गायकको सुरिलो स्वरको मिश्रण भयो गीत सुन्न जति मिठास हुन्छ, त्यो भन्दा बढी गीतको भिडियोमा मोडलहरुको रोमान्टिक प्रेमलाई हेर्न त्यति नै स्वादिलो हुन्छ । 

पछिल्लो समयमा धेरै म्युजिक भिडियो निर्माणमा सक्रिय रहेको रेस्क्यु क्रिएसनले डेढ महिना अघि  रिलिज गरेको समशेर रसाईलीको ‘मेरो यो चोखो मायालाई’ गीतको भिडियोलाई महिना दिनमै तीन लाख १५ हजार दर्शकले युट्युबमार्फत हेरिसकेका छन् । समन अधिकारीले निर्देशन गरेको भिडियोमा पल शाह र केकी अधिकारीको रोमान्टिक प्रेमलाई प्रस्तुत गरिएको छ ।

क्रिएसनका प्रमुखसमेत रहेका समनले आफ्नो कम्पनीले हालसम्म १ सय ५० बढी म्युजिक भिडियो बनाए पनि छोटो समयमा सर्वाधिक हेरिएको गीत भने समशेरकै रहेको बताए । ‘मेरो म्युजिक भिडियोमा पहिलो चोटी जोडीका रुपमा देखिएका पल र केकीलाई सबैले रुचाएको देखियो,’खुशी हुँदै उनले भने,‘जुन कुरा अहिले तीन लाख बढी दर्शकले हेरेको कुराबाट पुष्टि हुन्छ ।’

रोमान्टिक फ्लेबरको यो भिडियोमा अमृत सुनुवारको छायांकन र निशान घिमिरेको सम्पादन छ । गीतमा सुर्य कश्यपको शब्द संगीत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ