arrow

समस्या समाधानमा काँग्रेसले अग्रसरता लिने

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
529421540.jpeg
सुशिला संग्रौला, बिर्तामोड । नेपाली काूग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरहरी आचार्यले मधेशको मात्र नभएर देशकै ठूलो पार्टी भएको हुँदा काँग्रेसले देशको बिद्यमान समस्या समाधानमा अग्रसरता लिने बताएका छन् । नेपाली काँग्रेस झापाद्धारा मंगलबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित जिल्लास्तरिय कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पार्टीका प्रभावशाली नेता आचार्यले तराइ मधेशका जनताले काँग्रेसलाई सबैभन्दा बढी मत दिएर जिताएको हुँदा मधेसको समस्या समाधानमा काँग्रेसको ध्यान केन्द्रित भएको प्रष्ट पारे ।

मधेशकेन्द्रित दलले भोटको राजनीति मात्र गरेको र उनीहरुबाट मधेशका जनताको समस्या समाधान नहुने भएर नै काँग्रेसले अग्रसरता लिन लागेको भनाइ थियो ।  काँग्रेसले उठान गरेको संविधानसभाबाट संविधान निर्माण गर्ने राजनीतिक एजेण्डा ७० वर्षपछि काँग्रेसकै नेतृत्वमा पुरा भएको बताउँदै नेता आचार्यले भने,‘अब मुलुकलाई दीगो बिकासको गतिमा अघि बढाउन ढिला गर्नु हुँदैन ।’

राजनीतिक बिवाद् र मुद्दाहरको अन्त्य भएको हुँदा अब नेपालमा अर्को नयाँ संविधान आवश्यक नरहेको उनले बताए । ‘अब संविधान संशोधन हुनसक्छ, तर पुरै नयाँ बन्न सक्दैन ।’ उनले भने । नेपाली जनताको ९० प्रतिशतको सहभागितामा बनेको संविधानलाई अस्विकार गर्ने भारतले त्यही संविधानबाट प्रधानमन्त्री बनेका केपी ओलीलाई प्रधानमन्त्री भएको १५ मिनेटभित्रै बधाई र शुभकामना दिनुलाई आश्चर्यपूर्ण घटना भन्दै नेता आचार्यले टिप्पणी गरे । 

एमालेसंग १९ महिना सत्ता साझेदारी गर्दा अनेक झमेलाहरुको सामना गर्नु परेको बताउँदै नेता आचार्यले भने ‘एमाले, एमाओवादी, माले, राप्रपा लगायतका दललाई मिलाएर संविधान जारी गर्नु भनेको चानचुने कुरा थिएन, तर काँग्रेसले यो जटिलतालाई पनि सफलतापूर्वक पार लगाएको छ ।’  

काँग्रस मधेशको समस्या समाधान र पार्टीको महाधिवेशनमा कैन्द्रित भएको बताउँदै चाडै समस्या समाधान हुने र जनजीवन सामान्य हुनेपनि पूर्वमन्त्री आचार्यले जानकारी दिए । पार्टीको आगामी महाधिवेशनबाट नेता परिवर्तन र नीति परिमार्जन हुने बताउूदै संघीय संसचन अनुसार पार्टी संगठनलाई परिचालन गर्न काूग्रेसलाई महाधिवेशनले मार्ग प्रसस्त गर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ