arrow

नेपालमा विदेशी कामदारको अवस्थाको विषयमा परियोजना सञ्चालन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
काठमाडौँ । नेपालमा विदेशी कामदारको सङ्ख्या र उनीहरुको आर्थिक योगदानको विषयमा अनुसन्धानमूलक परियोजना सञ्चालन भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), युरोपियन सङ्घलगायतको सहयोगमा सन् २०१८ को जनवरी महिनाभित्रसम्मका लागि सो परियोजना सुरु भएको हो । 
 
आज यहाँ आयोजित कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले यो परियोजनाबाट तथ्याङ्क र सूचना मात्र प्राप्त नभई नेपालको विकासको लागिसमेत सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा भारतीयसहित १० लाख विदशी कामदार भएको अनुमान गरिए पनि त्यसबारे ठोस अध्ययन हुन नसकेको बताउनुभयो । 
 
नेपालका लागि युरोपियन सङ्घको प्रतिनिधिमण्डलकी राजदूत रेन्चे टिरिङले यो परियोजना पूर्णरुपमा अनुसन्धानमूलक हुने बताउँदै यसले निकाल्ने निचोडले कामदारको हकहित संरक्षणका लागि सहयोग गर्ने आशा व्यक्त गर्नुभयो । आइएलओका नेपाल निर्देशक जोसे एसालिनोले दक्षिणबाट दक्षिणतर्फ हुने आप्रवासनको विषयमा नेपाललगायत १० देशमा अनुसन्धानमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा आप्रवासन विषयमा विभिन्न व्यक्तिले प्रतिवेदन प्रस्तुत गर्दै खुला सीमाका कारण नेपालमा भारतीय कामदारको सङ्ख्या र अवस्थाबारे तथ्याङ्क लिनु अप्ठ्यारो भएको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ