arrow

मन्त्रिपरिषद्का पाँच निर्णय : शहीद घोषणा देखि प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्तिसम्म

मधेसी मोर्चाले सिफारिस गरेका ६८ जनामा ५२ शहीद

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
Dahal-cabinet-new.jpeg
काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहिबार सिंहदरबारमा बसेको बैठकले नागरिकतर्फ ४१ र सुरक्षाकर्मीतर्फ ११ जना गरी ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । 
 
प्रधानमन्त्रीका स्वकीय रमेश मल्लका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुझाएको ६८ जनाको सूचीका १ जना भारतीय नागरिक विवादित भएको अन्य आन्दोलनका क्रममा भन्दा अन्य प्रकृतिबाट मृत्यु भएकाले छानविनका आधारमा ५२ जनाको नाम मात्रै स्वीकृत भएको हो ।  
 
यस्तै मन्त्रिपरिषदले शहीद घोषणा भएका व्यक्तिका परिवारलाई १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ । सुरक्षाकर्मीका परिवारलाई यसअघिको सरकारले आर्थिक सहायता दिइसकेको बताइएको छ । 
 
निर्णयहरु 
१. स्थानीय निकाय निर्वाचन विधेयकमा सैद्धान्तिक स्वीकृति 
२. मधेस आन्दोलनमा भएका घटनाहरुको छानविन गर्न पूर्व न्यायाधीश गिरिसचन्द्रलालको अध्यक्षतामा आयोग गठन । सात सदस्यीय आयोगका अन्य सदस्यहरु  प्रधानमन्त्रीको समन्वयमा गृहले तोक्ने । 
३. मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई शहीद घोषणा गर्ने ।
४. अफगानिस्तानको काबुल घटनाका घाइतेको उपचारको क्रममा लागेको ९१ लाख ६ हजार खर्च सरकारले व्यहोर्ने ।
५. योजना आयोगका सहसचिव गोपीनाथ मैनालीलाई सचिवमा बढुवा गर्ने र प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा पार्टीका पोलिट व्यूरो सदस्य रामदिप आचार्यलाई नियुक्त गर्ने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ