arrow

नाती मारेको भन्दै हजुरआमा पक्राउ

अन्तरजातीय विवाह परिवारले अस्वीकार गरेपछि आमा अर्कैसंग गइन्, मामा घर आखिर भई छाड्यो विरानो

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ भदौ २ बिहिबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ रोल्पा ।  इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले आफ्नै नाती मारेको शंकामा मामाघरकी हजुरआमालाई पक्राउ गरेको छ । 
 
प्रहरी निरिक्षक शशिधर अधिकारीका अनुसार जेदबाङ गाविस ८ राङजात रोल्पामा मामाको घरमा बस्दै आएका  १० वर्षे बालक दिनेश बुढा झुण्डिएको भन्ने रिपोर्टिङ भएपछि तत्काल साउन २८ गते गोगन पानी प्रहरी घटना स्थल पुगेको थियो । 
 
२९ गते इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाबाट प्रहरी निरिक्षक अधिकारीको नेतृत्वमा घटना स्थल पुगेको टोलीले मुचुल्का उठाई पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल रेउघा पुर्‍यायाे । 
 
झुण्डिएको सल काटेर शव भुइँमा सुताएको अवस्थामा प्रहरीले भेटेको थियो । प्रहरीका अनुसार बालकको रहस्यमय ढंगबाट मृत्यु भएको भन्दै थप अनुसन्धानका लागि हजुरआमालाई पक्राउ गरिएको हो ।   
 
बालक रातो सलको पासो लगाई घर नजिकैको भिमलको रुखमा झुण्डिएको भन्ने बाहना गरी नाटकीय ढंगबाट प्रहरीलाई खवर गरेको हुँदा मृतककी हजुरआमालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले जानकारी दिए ।  
 
उनका अनुसार जिल्ला अदालत रोल्पाबाट वुधबार ५ दिनको म्याद थपगरी थप अनुसन्धान भइरहेको छ । 
 
मृतकका बाबु आमाको अन्तरजातीय विवाह भएको हुँदा परिवारले नस्वीकारेका कारण आमाले दोस्रो विवाह गरेपछि बालक मामा घरमा बस्दै आएका थिए । चञ्चल स्वभाव भएका कारण बालकले समय समयमा परिवारबाट यातना सहदै आएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ