arrow

सुप पृतनामा एक पछि अर्को काण्ड : सेनाका हवल्दारले आफैलाई गोली हाने

logo
प्रकाश बम,
प्रकाशित २०७३ भदौ २ बिहिबार
Army.png.png
डोटी । सुदूरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी अर्को काण्ड भएको छ । 
 
पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगायत हराएको खास तथ्य  खुल्न नपाउँदै फेरी अर्को घटनाको रहस्य बाहिर आएको हो । पृतनामा कार्यरत सेनाका एक हवल्दारले आफैलाई गोली हानेका छन् । गोली प्रहारपछि उनको मृत्यु भएको छ । 
 
नेपाली सेनाका एक हवल्दारले आफैलाई गोली हानेको खबर बाहिर आएपनि नाम भने सेनाले अझै खोलेको छैन । पृतना हाताभित्रै हवल्दार दर्जामा कार्यरत सैनिकले आफैलाई गोली हानेको सैनिक प्रवक्ता तारा बहादुर कार्कीले जानकारी दिए । तर, उनको नाम भने अहिल्यै भन्न नसकिने कार्कीले बताए  । 
 
घटना भएर पनि पोष्टमार्टम भैसकेको र यसबारेमा अनुसन्धान गर्न टोली पनि परिचालन समेत भइसकेको प्रवक्ता कार्कीले भनाई छ । तर, घटनाको सम्पूर्ण छानविन नभई यथार्थ विवरण नआए सम्म केही भन्न नसकिने उनले बताए ।
 
यसविषयमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टको नेतृत्वमा पनि टोली खटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ