arrow

सुनिलको मातृभूमि युवा अभियान बाबुरामको नयाँ शक्तिमा मिल्यो

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
PartyEkata-Baburam-ra-sunil.jpeg
काठमाडौं । बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पाटीए नेपाल र मातृ भूमिका निम्ति युवा अभियान नेपालबीच पार्टी समायोजन भएको छ । 
 
विहिबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसंगै ६ बुँदे सहमति गर्दै सो अभियान समायोजन भएको हो । सहमति पत्रमा नयाँ शक्ति पार्टीकातर्फबाट बाबुराम भट्टराई र मातृभूमिका लागि युवा अभियान नेपालकातर्फबाट अध्यक्ष सुनिल खड्काले हस्ताक्षर गरेका छन् । 
 
दुवै नयाँ शक्ति पार्टी नेपालले अवलम्बन गरी आएको मूल राजनैतिक मान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै तथा अवको निकास आर्थिक विकास भन्ने नारामा पूर्ण रुपमा सहमत हुँदै ध्रुविकरणको प्रक्रियालाई अघि बढाउन सहमत भएका छन् ।  हार्दिक स्वागत गर्दछ ।
 
सहमति अनुसार नयाँ शक्ति पार्टी नेपाल र मातृभूमिकालागि युवा अभियानबीचको आपसी सहमतिमा कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँट हुनेछ ।
 
 
२ भदौ २०७३
 
दुई पक्षबीच भएको सहमतिपत्र:
 
नयाँ शक्ति पार्टी नेपाल र मातृभुमिकालागि युवा अभियान नेपाल बीच भएको सहमति
आज मिति २०७३ साल भाद्र २ गतेका दिन मातृभुमिका निम्ति युवा अभियान नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी समायोजन गर्ने सम्वन्धमा निम्न विषयमा सहमति भएको छ ।
१. नयाँ शक्ति पार्टी नेपालले अवलम्वन गरि आएको मूल राजनैतिक मान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै तथा अवको निकास आर्थिक विकास भन्ने नारामा पुर्ण रुपमा सहमत हुँदै मातृभुमिका निम्ति युवा अभियान नयाँ शक्ति पार्टी नेपालमा आवद्ध हुने निर्णयमा पुगेको छ । मातृभुमिका निम्ति युवा अभियान नेपालले अवलम्वन गरेको राष्ट्रिय सम्मृद्धिकालागि युवा एकता र सम्मृद्ध नेपालको प्रतिवद्धताको सह्राना गर्दै नयाँ शक्ति पार्टी नेपाल उक्त ध्रुविकरणको प्रक्रियालाई हार्दिक स्वागत गर्दछ ।
 
२.नेपालको संविधानद्वारा घोषित प्राप्त उपलव्धी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी एवं सहभागितामुलक लोकतन्त्रप्रतिको प्रतिवद्धतालाई आत्मसात गर्दै नेपाली समाजको आर्थिक सम्वृद्धि नेपाली जनताको सुख र खुशी प्राप्ती प्रवद्र्धन र सम्वर्धन गर्ने कुरामा सहमत हुदै नयाँ शक्ति पार्टी नेपाललाई अघि वढाउन सहमत भएका छौं ।
 
३.नयाँ शक्ति पार्टी नेपालले अघि सारेको पाँच स (सम्मृद्धि, समावेशिता, स्वाधिनता, सार्वभौमिकता र समुन्नत समाजवाद) पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्दै यसै दायराभित्र विचार र दर्शनलाई सम्मृद्ध वनाउने दिशामा अघि वढन सहमत भएका छौ ।
 
४.नयाँ शक्ति पार्टी नेपाल र मातृभुमिकालागि युवा अभियान विच आपसी सहमतिमा तिथि मिति तोकी विशाल युवा समारोहको आयोजना गरी पार्टी ध्रुविकारण र समायोजनको प्रकृयालाई देश विदेशमा समेत रहेका युवाहरुको सहभागिता समेतमा एक उत्सवका रुपमा सम्पन्न गरिने छ । 
 
५.नयाँ शक्ति पार्टी नेपाल र मातृभुमिकालागि युवा अभियान वीचको आपसी सहमतिमा कार्यविभाजन तथा जिम्मेवारी वाडफाड गरिनेछ ।
 
६.आजकै मितिदेखि मातृभुमिकालागि युवा अभियान नेपाल नयाँ शक्ति पार्टी नेपालमा समाहित भएको घोषणा गर्न सहमत भएका छौ । साथै देश र विदेशमा रहेका सवै सम्वद्ध समितिहरुलाई एकापसमा समायोजन हुन पनि यसै सहमति मार्फत विशेष आग्रह गर्न सहमत भएका छौं ।
 
सुनिल खड्का
अध्यक्ष
मातृभूमिका लागि युवा अभियान नेपाल
 
 
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति नेपाल
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ