arrow

भारतीय कुकर्मको अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध, युरोपियन युनियनको संसद भवन घेराउ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
837596160.jpeg
काठमाडौं । भारतीय नाकाबन्दी सोझै नेपाल माथिको हस्तक्षेप भन्दै गैरआवासिय नेपालीहरुले लक्जेम्बर्गस्थित युरोपियन युनियनको संसद भवन अघि प्रदर्शन गरेका छन् ।
 
उनीहरुले कुनै पनि छिमेकिले अर्को छिमेकीको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने भन्दै मंगलबार युरोपेली संसद भवन घेराउ गरे । लग्जेम्वर्ग र सो आसपासमा बस्ने गैरआवासिय नेपालीहरुको प्रदर्शनपछि युरोपियन संसदका अध्यक्ष मार्टिन सुजले प्रदर्शनकारीलाई भेटेर ज्ञापन पत्र बुझेका एनआरएन लक्जेम्बर्गका उपाध्यक्ष बालकृष्ण सापकोटाले जानकारी दिए ।  
 
प्रदर्शनमा उत्रेका नेपालीहरुले नेपालको बर्तमान अवस्थाबारे जानकारी गराउँदा सुजले ब्रसेल्सस्थित युरोपियन युनियनको मुख्यालमा पठाउने आश्वाशन दिए । विभिन्न मूलुकमा रहेका नेपालीहरुले दबाब स्वरुप विभिन्न कार्यक्रम गर्दै आएकामा मंगलबार लक्जेम्बर्गमा रहेको युनियन संसदनै घेराउ भएको हो । 
 
विरोध कार्यक्रममा गैरआवासिय नेपालीहरुले सार्वभौम राष्ट्रमाथि भारतले अन्तराष्ट्रिय सन्धी अभिसन्धी विपरीत गरेको नाकाबन्दी र गैरकुटनीतिक व्यवहारको विरोधमा विभिन्न प्लेकार्डहरू सहित नारा लगाए । 
 
युरोपेली युनियनले यसअघि नै नेपालमा लगाएको नाकाबन्दी तत्काल खोलेर सहज आवतजावतको बाताबरण तय गर्न भारतलाई आग्रह गरिसकेको छ । सीमामा जारी असहजता हटाएर सहयोग गर्न युनियनले भनेको थियो । 
 
विश्वभर रहेका नेपालीहरुले भारतीय दूतवास र राष्ट्रसंघ भवन अगाडि प्रर्दशन गरेकोमा अहिले युरोपेली संसद भवन घेर्दै अन्तर्राष्ट्रिय आवाजलाई सशक्त पारेका छन् । सोमबार मात्रै पोर्चुगलमा समेत भारतीय दूतावास अगाडि प्रदर्शन भएको थियो । पोर्चुगलमा भरखरै मात्र भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बनेका छन् । 
 
यस्तै, भारतीय नाकाबन्दी र नेपालको संकटबारे अन्तर्राष्ट्रिय स्तरमा चर्को आवाज उठिरहेको छ । केही साता अघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणमा रहेका बेला त्यँहा बस्ने नेपालीहरुले बेलायती संसद अघि प्रदर्शन गरेका थिए । उनीहरुले प्रधानमन्त्री मोदीलाई सुझाउन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । केही दिन अघि मात्रै अमेरिका र अष्ट्रेलियामा समेत प्रदर्शन भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ