arrow

धामीझाँक्रीको मेला

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
dhami-jhakri.jpeg
खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल–७ स्थित भालुखोलामा श्रावण शुक्ल पूर्णिमाको अवसरमा बिहीबार धार्मिक तथा पर्यटकीयस्थल भालुखोलामा धामीझाँक्रीको ठूलो मेला लाग्यो । 
 
ढ्याङ्ग्रोको तालमा ‘सै राजा सै सै, सै रानी सै सै, सै सै’ बोलको गीतमा धामी र उनीहरुका ढोलेको नाचगानका कारण भालुखोला जिल्लामै चर्चित छ । 
 
साउनको सुरुदेखि धामीका गुरु र देवीदेवता गुप्तबास बसेपछि श्रावण शुक्ल पूर्णिमाको दिनदेखि भालुखोलाको धारामा नुहाइधुवाइ गरेपछि आफ्ना देवीदेवता चल्ने मान्यता रहिआएको छ । 
 
सोही मान्यताअनुसार जिल्लाका विभिन्न ठाउँका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन भालुखोला पुग्ने गरेका छन् ।
 
 ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालुखोलामा बुढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ । 
 
विभिन्न मनोकाङ्क्षा लिएर भालुखोलामा विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरे रोगकष्ट निको हुने विश्वास रहिआएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ