arrow

नेविसंघमा केन्द्रीय उपाध्यक्षसहित दुई सदस्य रुकुमबाट

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
rukum-pratinidhi.jpeg
काठमाण्डौं । लामो समय पछि सम्पन्न भएको नेपाल विद्यार्थी सँघको ११ औं महाधिवेशनबाट रुकुमले एक पदाधिकारी सहित दुई सदस्य हात पारेको छ । विभिन्न पदका लागि अपेक्षा भन्दा पनि धेरैको उम्मेद्धारी परेको भएपनि रुकुमले भने अपेक्षा अनुसार नै उपलब्धी हात पारेको हो ।
 
 गत साउन २३ गते उद्धघाटन भएर बिहिबार सम्पन्न भएको निर्वाचबाट रुकुमले उपाध्यक्ष सहित दुई सदस्य हात पारेको छ । विभिन्न खेमा र क्षेत्रबाट निर्वाचन लडेकाहरु मध्ये रुकुमले ६ नं. प्रदेशबाट केन्द्रिय उपाध्यक्षमा खड्कबहादुर डाँगी सहित ६ नं. प्रदेशबाट खुल्ला केन्द्रिय सदस्यमा तारकप्रतिभा के.सी. र सिटिभिटी अन्तर्गतबाट नेविसँघको केन्द्रिय सदस्यमा राजेश के.सी. बिजय भएका हुन् ।
 
 ६ नं. प्रदेशबाट केन्द्रिय उपाध्यक्षमा विजय भएका डाँगीले आफ्ना ३ जना प्रतिष्प्रधिलाई पछि पार्दै ८५ मत ल्याएर बिजय भएका हुन भने, ६ नं. प्रदेशबाट खुल्ला केन्द्रिय सदस्यमा लडेका तारकप्रतिभाले ८९ मत ल्याएर आफ्ना २२ जना प्रतिष्प्रधिहरुलाई पछि पार्दै उनि केद्रिय सदस्य बन्न सफल भएका हुन् । यस्तै सिटिभिटीबाट केन्द्रिय सदस्यमा लडेका राजेशले पनि आफ्ना १२ जना प्रतिष्प्रधिहरुलाई पछि पार्दै ३६ मत ल्याएर केन्द्रिय सदस्य बन्न सफल भएका छन् ।
 
 रुकुम जिल्लाबाट नेविसँघको केन्द्रिय पदाधिकारीमा एक जनाको र सदस्यमा ६ जनाको उम्मेद्धारी परेको थियो । ३ जनाले ६ नं. प्रदेशबाट खुल्ला केन्द्रिय सदस्यमा र ३ जनाले सिटिभिटीबाट केन्द्रिय सदस्यमा उम्मेद्धारी दिएका थिए भने पधारीकारीमा केन्द्रिय उपाध्यक्षमा उम्मेद्धारी थिएका थिए । बिजय भएका तिनै जना फरक फरक क्षेत्र खेमाबाट लेडका हुन् । 
 
उपाध्यक्ष डाँगी 
रुकुम जिल्लामा लामो समयदेखी काँग्रेसको राजनितिमा क्रियाशिल डाँगीको घर जिल्लाको पश्चिम क्षेत्रमा रहेको खोलागाउँ गाविसमा हो । उनि यस भन्दा पनि पहिले नेविसँघको केन्द्रिय सदस्य रहेका थिए । अविवाहित डाँगी युवाहरुको क्षेत्रमा निकै लोकप्रिय रहेका छन् । केहि समय पहिले सम्पन्न भएको नेपाली काँग्रेस रुकुमको जिल्ला अधिवेशनबाट डाँगी महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचित भएका थिए । 
 
उनि अहिले पौडेल समुहबाट केन्द्रिय उपाध्यक्षमा बिजय भएपनि उनको कृष्णप्रसाद सिटौला सँग राम्रो सम्बन्ध रहेको छ । यस भन्दा पहिले काँग्रेस पार्टीको महाधिवेशनमा उनी सिटौला पक्षमा रहेका थिए । सिटौला सँग नजिक रहेका डाँगी यसपाली नेविसँघको महाधिवेशनमा भने पौडेल समुहबाट उपाध्यक्षमा लडेका हुन । 
 
उनि पौडेल भन्दा पनि सिटौलासँग नजिक भएपनि सिटौलाले उपाध्यक्षको लागि सहयोग नगरेपछि डाँगी नेपाली काँग्रेस रुकुमका पार्टी सभापति प्रेमप्रकाश ओलीको विशेष पहलमा पौडेल समुहको टीममा ६ नं. प्रदेशबाट उपाध्यक्षमा परेका हुन् । जिल्ला सभापतिहरु मध्ये पौडेका विश्वासीला पात्रका रुपमा मानिने प्रेमप्रकाश ओलीले डाँगीलाई आफ्नो समुहमा ६ नं. प्रदेशबाट उपाध्यक्षमा उठाउन पौडेलसँग सिफारीस गरेपछि उनी पौडेल समुहबाट उडेका थिए । 
 
केन्द्रिय सदस्य तारकप्रतिभा के.सी.
रुकुम जिल्लामा लामो समयदेखी विद्यार्थी राजनितिमा क्रियाशिल के.सीको घर जिल्लाको बाँफिकोट गाविसमा हो । उम्मेरले २५ को हाराहारीमा रहेका केसी युवाहरुको क्षेत्रमा लोकप्रिय हुनुका साथै केन्द्रिय स्तरका विद्यार्थी नेता र पार्टीका नेताहरुसँग पनि राम्रो सम्बन्ध रहेको रहेको छ । 
 
सञ्चार क्षेत्रमा पनि क्रियाशिल रहेका के.सी पहिलेदेखी नै देउवा समुहमा रही रहेका छन् । तर पनि उनको नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापासँग राम्रो सम्बन्ध रहेको छ । यसका साथै उनी नेविसँघका निर्वाचित केन्द्रिय अध्यक्ष नैनसिंह महर र महासचिव कुन्दनराज काफ्लेसँग लामो समयदेखी नजिक रहेका छन् ।
 
 केसी अध्यक्ष महरकै सिफारीसमा ६ नं. प्रदेशबाट खुल्ला केन्द्रिय सदस्यमा लडेका हुन् । उनलाई केन्द्रिय सदस्य बनाउनको लागि पार्टीका नेताहरु भन्दा पनि विद्यार्थी नेताहरुले सहयोग गरेका थिए । 
 
केन्द्रिय सदस्य राजेश के.सी.
रुकुमको मुसिकोट नगरपालीकामा घर भएका केसीले जिल्लामा भन्दा पनि सिटिभिटी क्याम्पसहरुमा नेविसँघको राजनीति गर्दै आएका छन् । उनि यसभन्दा पहिले सिटिभिटी अन्तरगत नेविसँघको अध्यक्ष समेत रहेका थिए । पहिले पौडेस समुहबाट राजनीति गर्दै आएका केसी यस पटकको महाधिवेशनमा भने देउवा समुहबाट केन्द्रिय सदस्यमा उम्मेद्धार बनेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ