arrow

मोर्चाको माग सम्बोधन गर्न एमाले लचिलो, कांग्रेसको तयारी यस्तो छ ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
218278723.jpeg
काठमाडौं । सत्ताधारी एमालेले राष्ट्रिय हितमा प्रभाव नपर्ने गरी आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधन गर्न लचिलो हुने निर्णय गरेको छ । यसै निर्णयकै आधारमा एमालेले कांग्रेस र एमाओवादीसँग बैठक गरी साझा धारणा बनाउने निर्णय गरेको छ । जसका लागि बुधबार प्रमुख तीन दलबीच छलफल हुने छ । त्यसपछि निर्णाक वार्ता हुने भनिएको छ । 
 
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले शीर्ष नेताहरुको बैठकले दबाब दिएको भरमा राष्ट्रिय हित नै प्रतिकुल हुने गरी सहमतिमा जान भने नहुने निष्कर्ष निकाल्यो । बैठक पछि एमाले बरिष्ठ नेता झलनाथ खनालले सहमति गर्नुपर्ने र वर्तमान समस्यालाई तत्काल समाधान गर्नुपर्छ भन्ने ध्ययका साथ आफुहरु गम्भिर रुपमा लागेको बताए । खनालले भने,‘अन्य दलले कस्ता धारणा ल्याउँछन् त्यसका आधारमा एमाले लचिलो भएर प्रस्तुत हुन्छ ।’ 
 
एमाले संसदमा थन्किएको संविधान संशोधन प्रस्ताव अघि बढाउँदा मधेसी दलहरु सकारात्मक हुने भए त्यसमा जान तयार हुने मनस्थितिमा पुगेको छ ।   
 
यस्तो छ कांग्रेसको तयारी 
आन्दोलनरत मधेसी मोर्चासँग बुधबार निर्णायक हुने भनिएको वार्तामा प्रमुख प्रतिपक्ष कांग्रेस संघीय प्रदेशको सीमांकन परिवर्तनका लागि निकै लचकताका  साथ प्रस्तुत तयारीमा छ । वार्ताको पूर्व तयारी स्वरुप पार्टीको दृष्टिकोण बनाउन मंगलबार बसेको कांग्रेस पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । यसअघि कांग्रेसले संसदमा दर्ता गएको संविधान संशोधनको दुई विधेयक तत्काल पारित गर्नुपर्ने अडान राख्दै आएको छ ।
 
सीमांकन तत्काल टुंयाउन नसकिने भन्दै राजनीतिक संयन्त्र वा संसदीय समिति मार्फत गहन छलफल गरी टुग्याउनु पर्ने कांग्रेसको अडान छ । सीमांकनको बिषयमा बैठकमा लामो छलफल भएपनि पार्टीले ठोस दृष्टिकोण बनाई नसकेको कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले बताए । दृष्टिकोण बनाउन कांग्रेस पदाधिकारी बैठक बुधबार विहान पनि बस्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ