arrow

लोहोरोले हानेर श्रीमान्‌ले गरे श्रीमतीको हत्या

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
ManoMetate1.jpeg
लहान। आफ्नै श्रीमान्‌ले मसला पिस्ने सिलौटाको लोहोरोले हानेर आज एक महिलाको हत्या गरेका छन् । 
 
घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो । 
 
लोहोरो प्रहारबाट घाइते भएकी साहलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पुरि्याइएको थियो । उपचारकै क्रममा बबिताको बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए  । 
 
लोहोरो प्रहार गर्ने बबिताका श्रीमान् ३८ वर्षीय विशेश्वरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ