arrow

महावीर पुनले ३ सय रोपनी जग्गा दान गर्ने

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
mahabirpuna.jpeg
बाबियाचौर(म्याग्दी) । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि महावीर पुनले कास्कीको बेगनासमा रहेको ३ करोड रुपैया मूल्य पर्ने ३ सय रोपनी जग्गा समेत दान गर्ने घोषणा गरेका छन् । 
 
म्याग्दीको राम्चे २ नांगीमा जन्मिएका  पुनले विगत २५ वर्षदेखि नेपालको ग्रामिण क्षेत्रमा वेतारे प्रबिधिको ईन्टरनेट पहुँच विस्तार गर्ने अभियानमा सक्रिय छन् । उनि सन् २००७ मा रोमन म्यागासेसे पुरस्कारबाट सम्मानीत भएका थिए । पुरस्कारको रकम, चन्दादाताको सहयोगबाट उनले ग्रामिण बस्तीमा सूचना प्रबिधिको पहुँच विस्तारको काम गर्दै आएका छन् ।
 
साथै केन्द्र स्थापनाका लागि  म्याग्दीमा समुदायस्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ । विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग जुटाउन यो अभियान सुरु गरिएको हो । 
 
म्याग्दी उद्योग वाणिज्य सङ्घले आज बिहान बेनीमा आविष्कार केन्द्रका अभियन्ता महावीर पुनसँग अन्तरक्रियाका लागि आयोजना गरेको कार्यक्रममा सहभागीले स्वफूर्त रुपमा सहयोग घोषणा गरेका हुन् । रु चार लाख सहयोग घोषणा भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिए । 
 
सहयोग घोषणा गरेकाहरुलाई ईसेवा नेपाल संस्थाको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ । अभियन्ता पुनले खोज, अनुसन्धानको माध्यमबाट देशको विकासमा सघाउने उद्देश्यले आविश्कार केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । 
 
सरकारी निकायबाट आश्वासन मात्र पाएको र धेरै समय झुलाउने काम भएको गुनासो पोख्दै पुनले जनताको सहयोगमा केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाए । 
 
पुनको प्राबिधिक सहयोगमा जिविस, समुदाय, प्रवासी म्याग्देली र दुरसञ्चार प्राबिधिक कोषको लगानीमा म्याग्दीका सबै बस्तीमा ईन्टरनेट सेवाको पहुँच पुर्‍याउने योजना सञ्चालन भएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ