arrow

जुकरवर्ग बने बाबु, अधिक सम्पत्ती दान गर्ने घोषणा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
960420487.jpeg
एजेन्सी । सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग बाबु बनेका छन् । उनले आफ्नो छोरी जन्मेको जानकारी गराएका छन् । जुकरवर्गले छोरीको नाम म्याक्स राखेका छन् । उनले आफ्नो अधिक सम्तत्ती मानव जीवनकै लागि समर्पण गर्ने र जसले आफ्नी छोरीका लागि विश्वमा एक महत्वपूर्ण स्थान बनोस् भनेका छन् । 
 
आफ्नो फेसबुक पेजमा जुकरवर्गले आफ्नी पत्नी प्रिसिला आफ्नो जीवनकालमा कम्पनीको हिस्सेदारीको ९० प्रतिशत हिस्सा दान गर्ने उल्लेख गरेका छन् । उक्त रकम ४५ अर्ब डलर हुन आउँछ । उनले भनेका छन्,–‘यसरी सबै बच्चालाई लागि विश्वकै उत्कृष्ठ बनाउन मेरो तर्फबाट थोरै योगदान हुनेछ ।’ छोरी जन्मेपछि लेखेको पत्रमा उनले यसरी उल्लेख गरेका छन् । 
 
‘तिम्री आमा र मसंग यस खुसीका बयान गर्नका लागि शब्द नै छैनन्, जो तिमीले भविष्यका लागि हामीलाई दिएकी छौ ।’पत्रमा जुकरवर्ग दम्पतीको लक्ष्य हासिल गर्न टेक्नोलोजी निकै महत्वपूर्ण छ । जुकरवर्गले छोरीका लागि लेखेका छन्,‘तिम्रो पीढीका लागि बसैभन्दा ठूलो अवसर सबैलाई इन्टरनेट एक्सेस दिएपछि सिर्जना हुनेछ ।’ यस्तै, जुकरवर्ग चाँडै दानबारे जानकारी गराउनेछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ