arrow

दुवै मृगौलाले नगरेपछि उपचार सहयोग माग्दै लिम्बु

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ भदौ ५ आइतबार
Kidney.jpeg
तेह्रथुम। तेह्रथुमको फाक्चामारा–४, परेवाखोपकी २२ बर्षे ममता कुरुम्फङ लिम्बुको दुवै मृगौला फेल भएपछि उपचारमा समस्या भएको छ । 
 
उपचारको लागि उनको परिवारले सहयोगको याचना गरेको छ । आर्थिक अवस्था कमजोर भएको परिवारले बुहारी ममताको उपचारकालागि सहयोग गरिदिन आग्रह गरिरहेको छ । तीन महिना अघि धरानको विपी कोइराला स्मृति प्रतिष्ठानमा उपचारकालागि लगिएकी ममतालाई प्रतिष्ठानले दुवै मृगौलाले काम नगरेको बताएपछि परिवार चिन्तित बनेको छ । 
 
घरमा बृद्धा बुबा र आमाको साथमा दिदी सहित ४ जनाको छोरीको रुपमा माहिली बैनी ममतालाई जिबन रक्षाको लागी उनका बुबा मेघ बहादुर कुरुम्फङले सहयोगी मनहरुलाई अनुरोध गरेका छन् ।
 
माईतीको रुपमा उनका दाजुभाई कोही नरहेकी ममताले ८ महिना अगाडी मात्र तेह्रथुमको ओख्रे ७ डुम्रेमा शमिर तुम्खेवा सँग बिबाह गरेकी थिइन् । उनका श्रीमान यतिबेला ममताको उपचारका लागि घरमा गाँउघर छरछिमेकी सबैलाई हात मागिरहेका छन् । उनको उपचारकालागि करिब १० लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ