arrow

मकवानपुर गोल्डकप- क्यामरुनलाई हराउँदै आर्मी फाइनलमा

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ जेठ २८ शनिबार
final-semi.jpg

हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एभेनिर एफसी क्यामरुनलाई सडन डेथमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

हेटौंडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक आजको खेलमा आर्मीले क्यामरुनलाई ११–१० ले पराजित गरेको हो

निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा गएको खेल पुनः ३–३ गोलको बराबरी भएपछी खेल सडनडेथमा धकेलिएको थियो ।

सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भयो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा क्यामरुनको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता बन्दै फाइनलमा पुग्न सफल भयो ।

टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर र दिनेश हेन्जनले गोल गरे । कमल बहादुर थापाको प्रहार पोलमा लाग्दै बाहिरिदा सन्तोष केसीले गोल गर्न सकेनन् । सडन डेथमा युद्ध शाही, विकेश कुथु, सुरज बस्नेत, विमल पाण्डेय र भरत खवासले गोल गर्दा जितेन्द्र कार्कीले गोल गन सकेनन् । त्यसपछिको टाइब्रेकरमा दीपक गुरुङ, दिनेश हेन्जन र सिमन्त थापाले गोल गर्न सफल भए ।

प्रतियोगिताको फाइनल भिडन्त सोमबार घरेलु टोलि विजय युथ र आर्मी बीच हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ