- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रकरणलाई लिएर नेकपा एमालेका सांसदहरूले संसद अवरोध गरेका छन् । सभामुखले अर्थमन्त्रीलाई स्पष्टीकरणको समय दिएपछि एमालेका सांसदहरू उठेर विरोध जनाए हुन् ।
त्यसअघि एमालेका सांसद विशाल भट्टराईले बजे निर्माणमा खास खास घरानाका व्यक्तिसँग बसेर बनाएको आरोप लगाए । उनले भने,' बजेट बनाउन का लागि आधिकारी व्यक्तिको साटा साट रातको १२ बजे अनधिकृत काम भएको भन्ने लागेको थिएन । मन्त्रालयको सबै सौहार्द वातावरणमा प्रत्येक मन्त्रालयका कुरामा सहभागी भएकै थियौ । बजे निर्माणमा खास खास घरानाका व्यक्तिसँग बसेर बनाएको हामीलाई शङ्का थियो ।'
विशाल भट्टराईले कुरा राखेपछि सभामुखले अर्थमन्त्रीलाई आफ्ना कुरा राख्नका लागि समय दिए । सभामुखले भने,' एमालेलाई नियमावलीको पालना सबैले गरौँ स्पष्टीकरणमा भाग लिनुस् । र यो सदनलाई अगाडि बढाउ । म तपाईँहरूलाई आग्रह गर्दछु ।'
सो समय एमालेका सांसदहरू उठेर विरोध जनाए । सभामुखले स्पष्टीकरण दिन पाउनुपर्यो नि त भन्दै आग्रह गरिरहे । विरोधसँगै सभामुखले संसद्को सकिएको सुनाए ।