arrow

भारतको दादागिरि, सुस्ताका १९ जनाविरुद्ध भारतीय अदालतमा मुद्दा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
susta.jpeg
कावासोती । भारतको विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ । 
 
मुद्दा चलाइएको थाहा पाएपछि सुस्तावासी त्रसित भएका छन् । नेपालीहरूलाई डर त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्तावासीको छ । 
 
सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको एक महिनाअघि बगाहाको नौरगिया कटाहाको खेतामा शव फेला परेको थियो । 
 
सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएको छ । विहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो । 
 
मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् । सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याका बारेमा उनले विहार प्रहरीलाई जानकारी दिने र नेपालीलाई भुठा आरोप लगाएर सताउने काम गर्दै आएको स्थानीय जनताको आरोप छ । 
 
गाउँका अगुवाभन्दा दोस्रो स्तरका मान्छेहरूविरुद्ध मुद्दा चलाइएको सुस्तेलीले बताएका छन् । 
 
उन्नाइस जनामध्ये समाजमा अगुवा देखिने युवा नै बढी रहेका छन् । क–कसलाई मुद्दा लगाइएको हो, त्योबारे भने स्थानीयवासीले बताउन चाहेनन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ