arrow

सभापतिले विश्वास गर्नु भएन भने म अफ्ठ्यारोमा पार्दिन : शेखर

म मन्त्री हुन सभापतिले ‘ट्रष्ट’ गर्नु पर्छ, परराष्ट्र बाहेक अन्य मन्त्री खान्न

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
shekhar-Koirala.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आफुलाई सभापतिले विश्वास गरे मात्रै सरकारमा जाने बताएका छन् । 
 
हाम्राकुरासंग उनले भने, ‘परराष्ट्र मन्त्रालय बाहेक अन्यत्र मेरो चाहाना होइन ।’ जसका लागि प्रधानमन्त्री र सभापतिले विश्वास गर्नु पर्ने हुन्छ । प्रधानमन्त्रीले विश्वास गर्नु हुन्छ । उहाँले मात्रै मन गरेर पुग्दैन पहिलो कुरा मेरै सभापतिले ‘ट्रष्ट’ गर्नु पर्छ ।  
 
उनले अगाडी भने, ‘कसैले सभापति सकारात्मक छन् भन्नुको तुक छैन । सकारात्मक हुनु भनेको दिन तयार हुनु हो । मलाई उहाँले विश्वास गर्नु भएन भने मैले अफ्ठ्यारो पार्नु हुँदैन ।’ कुटनीतिका लागि म ‘क्यापेवल’ नै छु भन्ने लाग्छ । 
 
हेर्नुस् चन्द्र जी, ‘म माग्ने मान्छे होइन । विश्वासको कुरो हो । उहाँले विश्वास गर्नु नै हुन्न भने त्यसमा मैले टाउको दुखाउँदिन ।’ कोइराला कांग्रेसको १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याउने ‘म्यान अफ दि इलेक्सन’ उम्मेद्वार हुन् ।
 
नेपालको विदेश नीति र कुटनीतिक मर्यादा आफुले राम्ररी बुझेको कोइरालाको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ