arrow

उग्र बन्दै मोर्चाका कार्यकता, युवकलाई जिउँदै जलाउने प्रयास

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
काठमाडौं । नवलपरासीमा तेल तस्करी गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले एक युवकको शरिरमा पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् ।

उनीहरुले बुधबार बिहान मोटरसाइकलमा यात्रा गरिरहेका घिराउ यादवलाई सनई–९ पडरीमा आगो लगाएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले बताए ।

घाइते यादवको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न आशंकामा स्थानीय राजेश सैथवार, शिव कुमार यादव र सेरु मियालाई पक्राउ गरेको छ ।

लु ३ प २०१७ नम्बरको मोटरसाइकल चढेर आउँदै गरेका यादवलाई जिउँदै जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ