arrow

प्रधानमन्त्रीले अर्थ मन्त्रालय सम्हाल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
ser-badhu-deuba.jpg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन् । करको दायरा हेरफेरको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट हिजो राजीनामा दिएका थिए ।

सोसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी हुन् । 

संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम अर्थमन्त्री शर्माले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ । 

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनेको छ ।छानबिन समितिले सरकारलाई प्रतिवेदन पेस गरेसँगै अर्थ मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्ति वा जनार्दन शर्मालाई नै पुनः मन्त्री बनाउने भन्ने बाटो खुल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ