arrow

बसौलालार्ई बाबा आनन्द सञ्चार पुरस्कार

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
714743179.jpeg
काठमाडौं । बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार–२०७२ पत्रकार रविराज बसौलालाई प्रदान गरिने भएको छ । गत आईतवार बसेको प्रतिभा छनोट समितिको बैठकले विगत १७ बर्षदेखि निरन्तर पत्रकारीता पेशामा संलग्न रहदै आएका बसौलालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पोखरा हटलाइन साप्ताहिक रुपमा प्रकाशित भइरहेको समय २०५५ सालदेखि पत्रकारितामा प्रवेश गरेर निरन्तर क्रियाशील रबिराज बसौला पोखरामा रहेको छुनुमुनु पब्लिकेशनको प्रवन्धक सञ्चालक एवं प्रधान सम्पादक रहेका छन । लिमिटेड कम्पनीका रुपमा स्थापित छुनुमुनुले छुनुमुनु राष्ट्रिय बालमासिक पत्रिका तथा देशकै एकमात्र बालबालिकाको एफएम रेडियो छुनुमुनु संचालन गरिरहेको छ । उनि बालमैत्री राष्ट्रिय साप्ताहिकको सम्पादकको रुपमा पनि क्रियाशील रहँदै आएका छन । 

२०६० सालमा चाइल्ड एण्ड इन्भारोमेण्ट केयर वीथ टिन एजर्स (चेतना समुह) नेपाल नामक गैर सरकारी संस्था स्थापना गरि बिभिन्न विद्यालयमा बालचेतना समूह निर्माण गरी बालअधिकार प्रवद्र्धन र वातावरण संरक्षणमा क्रियाशील रबिराज बसौलाले सोही समयमा माछापुच्छ«े एफएममा बालचेतना चौतारी कार्यक्रमको संचालनमा बालबालिकालाई क्रियाशील बनाएका थिए । यसैगरी उनैको संयोजकत्वमा सन् २००४ र २००५ मा पोखराको सेती नदीलाई बचाउँन विशेष अभिायनका साथ नदी किनारमै पुगेर सेती नदी महोत्सव समेतको आयोजना गरेका थिए । नेपाल नदी संरक्षण कोष तथा अन्य सरोकारवालाहरुको सहकार्यमा अपर सेतीमा भव्य राफ्टिङको आयोजना समेत गरेका थिए । बालबालिका र वातावरणको क्षेत्रका बालसाहित्य लेखनमा समेत क्रियाशील उनि अहिले जिल्ला बालकल्याण समिति कास्कीका सदस्य समेत रहेका छन । 

मंसिर २७ गते पोखरा उद्योग वाणिज्य संघको सभा कक्षमा प्रदान गरिने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा वहाँका परिवारजनबाट स्थापित भएको हो । पुरस्कारको राशी रु पन्ध्र हजार रहेको छ भने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको बार्षिक पुन्यतिथिको अवसर पारी प्रत्येक बर्ष प्रदान गरिदै आएको छ । 

बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई प्रदान गरिने पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले जानकारी दिए ।

पुरस्कार छनोट समितिमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र प्रसाद भट्टको संयोजकत्वमा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव राम प्रसाद सुवेदी, पुरस्कार सञ्चालक परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी सदस्य रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ