arrow

त्रिदलीय साझा धारणा बनाउन बिहीबार बैठक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1737587296.jpeg
काठमाडौँ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागका सम्बन्धमा साझा धारणा बनाउन बिहीबार प्रमुख तीन दलको बैठक हुने भएको छ। प्रधानमन्त्री निवासमा बिहान सत्तारुढ दल नेकपा(एमाले) सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बैठक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राससलाई बताउनुभयो।
 
मोर्चाका माग सम्बोधनका सन्दर्भमा सो बैठकले साझा धारणा तय गर्ने र मोर्चासँगको वार्ताको नयाँ मिति पनि निर्धारण गर्ने उहाँले जानकारी दिनुभयो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ