arrow

तीज महोत्सवका लागि सुनिता द कलाकारहरु जापान आईपुगे

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
टोकियो। टोकियोमा रहेका नेपाली महिलाहरुको समूह‘म नेपाली ग्रुप’जापानले हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’को लागि कलाकारहरु जापान आईपुगेका छन् ।
 
यहि अगष्ट २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा हुने दुई दिवसीय ‘तीज महोत्सव २०१६’का लागि चर्चित लोक गायिका सुनिता दुलाल, चर्चित गायक प्रकाश कटुवाल र चर्चित लोक गायक बैकुण्ठ महत जापान आएका हुन्।
 
हानेदा एयरपोर्टमा ११ बजे ओर्लिएका कलाकारहरुलाई म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्यले स्वागत गरेकी थिइन्। यहि अगष्ट २८ तारिख तोसिमा कुमिन सेन्टर इकेबुकुरोमा ५ बजे र ३० तारिख मेगुरो कुमिन सेन्टरमा ३ बजे दुई दिवसीय तीज कार्यक्रम हुँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ