arrow

जमुनाह नाकामा फेरि झडप, सुरक्षाकर्मीलाई ताकेर पेट्रोल बम प्रहार, चार प्रहरी घाइते

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1207542714.jpeg
बाँके । बाँकेको नेपालगन्जस्थित रुपैडिया–जमुनाहा नाकामा बुधबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दोहोरो झडपमा आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार गरेका छन् । झडपमा परी चार प्रहरीसहित ६ बढी आन्दोलनकारी घाइते भएका छन् ।
मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा बसेर ढुंगा प्रहार भएपछि दिउँसो केहीबेर स्थिति तनावग्रस्त बनेको थियो । भारतीय भूमिबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएपछि स्थिति तनावपूर्ण भएको हो । प्रहरीले समेत प्रदर्शनकारीलार्य ढुंगा हानेर लखेटको थियो । स्थिति तनावपूर्ण भएपछि भारतीय सिमा सुरक्षाबल दशगजामा तैनाथ भएपछि प्रदर्शनकारी केही तितरवितर भएका छन् । नेपाल–भारत सिमा सुरक्षाबारे दुवै देशका अधिकारीको बैठक सकिएलगत्तै तनाव भएको थियो । 
 
यसअघि, सोमबार राति नाकामा धर्ना दिएर बसेका प्रदर्शनकारीलाई प्रहरीले हटाउन खोज्दा दोहोरो झडप भएको थियो । उक्त झडपपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले ‘माथिको आदेश’ भन्दै नाकामा निकै कडा गरेको छ । भारतको बहराइचमा मंलबार निर्वाचन भएकाले भारतीय अधिकारीहरुले सुरक्षाकर्मी र आन्दोलनकारीबीचको झडपले असुरक्षित बहसुस गरेको बताएका थिए । 
 
सोमबार यता सो नाका भएर कुनैपनि पेट्रोलियम पदार्थ र मालबाहक गाडी नेपाल आएका छैनन् । बुधबार दिउँसो नाकामा तनाव सिर्जना भएपछि केहीबेर पैदलयात्रीसमेत आवत–जावतमा गर्न सकेनन् । साँझबाट पैदल आवागमन खुला भएको छ । 
सोमबार नेपाली सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट मधेसी मोर्चाका कार्यकर्तालाई हटाएपछि प्रदर्शनकारीले भारतीय भूमिमै बसेर प्रदर्शन सुरु गरेका हुन् । नाकामा प्रदर्शन गर्ने मोर्चाका कार्यकर्ता संख्या ३० देखि ४० जना मात्र छन् । प्रवेशद्वारको नजिकै रहेका रुख र झ्याङको आड लिएर प्रदर्शनकारीले ढुंगा र पेट्रोल बम प्रहार गरेका छन् । बुधबार दिउँसोको झडपपछि एसएसबीले सीमाबाट आन्दोलनकारीलाई लखेटेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ