arrow

चाल चाल्दै एन्फा, अवैधानिक भनिएका श्रेष्ठकै हस्ताक्षरमा बैङ्क कारोबार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1062273216.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको असन्तुष्ट पक्षले अवैधानिक भन्दै आएका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठकै हस्ताक्षरमा अब बैंङ्क कारोबार हुने भएको छ । विश्व फुटबल महासंघले मान्यता दिइसकेका श्रेष्ठले नै बैंङ्क खाताको काम चलाउने छन् । 
 
श्रेष्ठले नेतृत्व सम्हालेपछि बुधबार पहिलोपटक एन्फाका उपलब्ध सदस्यहरुको बैठक बसेको छ । कार्यसमिति बैठकले बैङ्क खातामा श्रेष्ठकै हस्ताक्षर चल्ने निर्णय गरेको हो । एन्फा अध्यक्ष गणेश थापा फिफाको कारबाहीमा परेपछि १४ दिनअघि एन्फाले श्रेष्ठलाई कार्यबाहक जिम्मेवारी दिएको थियो । साधारण सभाबाट निर्वाचित असन्तुष्ट पदाधिकारीले श्रेष्ठ वैधानिक नभएको भन्दै एन्फा कार्यशैलीको विरोध गर्दै आएका छन् । यसअघि, राष्ट्रिय खेलकुद परिषद्ले समेत एन्फालाई अर्को व्यवस्था नभए सम्म थप गतिविधि नगर्न भनेको थियो । 
 
बुधबारको बैठकले आगामी फेबु्रअरी २६ तारिखमा हुने फिफाको चुनावमा एएफसी अध्यक्ष शेख सल्मानलाई सघाउने निर्णयसमेत गरेको छ । बैठकमा आगामी वर्ष हुने एएफसी यु–१४ गल्र्स क्षेत्रीय च्याम्पियनसिप फुटबलको आयोजनाको दाबेदारी दिनेसमेत निर्णय भएको बैठकमा सहभागि पदाधिकारीहरुले बताए । 
 
यस्तै, बैठकमा साफ च्याम्पियनसिप फुटबलको तयारीलाई अझ सशक्त बनाउने बारेमासमेत छलफल भएको छ । कार्यसमितिले गरेको निर्णय सुनाउन गरेको पत्रकार सम्मेलनमा कार्यबाहक अध्यक्ष श्रेष्ठले विधानअनुसार असन्तुष्ट पक्षलाई पनि समेटेर लैजाने प्रतिबद्धता जनाए । श्रेष्ठ एन्फा बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि मनोनित भएका थिए ।  तस्वीर: एन्फा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ