arrow

१ महिनाभित्र राष्ट्रिय सभागृहबाट महानगरपालिकाको कार्यालय हटाउन अख्तियारको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष १७ शुक्रबार
872828105.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सभागृहमा रहेको काठमाडौँ महानगरपालिकाको कार्यालय उपयुक्त विकल्प खोजी एक महिनाभित्र अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिएको छ । 
 
आयोगको बुधबार बसेको बैठकले सभागृहको उचित संरक्षण र सम्बद्धन हुन नसकेको भनी पर्न आएका गुनासाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ (१) (ख) बमोजिम सो सुझाव दिने निर्णय गरेकोे बताइएको छ ।  
 
महानगरपालिकाले अन्यत्र कार्यालय भवन खोज्ने प्रयोजनका लागि प्रचलित कानुनले दिएको सुविधाअनुसार द्रुत मार्ग प्रयोग गरी प्रक्रिया सुरु गर्न, कार्यालय स्थानान्तरण गरेपश्चात् सभागृहको मर्मत सम्भार गरी पूर्ववत् अवस्थामा ल्याउने एवम् राष्ट्रिय सभागृहको दिगो संरक्षण र सम्बद्र्धन गर्न सुझाव दिएको छ । 
 
आगामी दिनमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्रा्ष्ट्रियस्तरका सभा सम्मेलन आयोजना गर्न मुलुकभित्र अन्य वैकल्पिक स्थान नभएको एवम् राष्ट्रिय सभागृह आफैँमा राष्ट्रिय सम्पदा र धरोहरको रुपमा रहेको सन्दर्भमा सो स्थानमा काठमाडौँ महानगरपालिकाको कार्यालय रहनु सान्दर्भिक नदेखिएको आयोगको तर्क छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ