arrow

बालबालिकाको हत्या गर्ने चार आतङ्ककारीलाई झुण्ड्याइयो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
828196593.jpeg
पेसावर (पाकिस्तान)। करिब एकवर्ष अघि पाकिस्तानको उत्तरपश्चिमी सहर पेसावरमा अवस्थित एक विद्यालयमा भएको आमहत्यामा संलग्न चार आतङ्ककारीलाई बुधबार फाँसी दिइएको समाचार छ। सैनिक विद्यालयमा भएको सो आक्रमणमा विद्यार्थीसहित १५० व्यक्तिको मृत्यु भएको छ। सो आमहत्यामा उक्त विद्यालयका करिब १३५ जना बालबालिका मारिएका थिए। त्यसमा संलग्नलाई सरकारले पक्राउ गरी कारबाही चलाएाके छ। उक्त हत्याकाण्डमा प्रत्यक्ष संलग्न देखिएका दोषीलाई मृत्युदण्डको सजाय तोकिएको थियो । यसअघि पनि त्यसमा दोषी देखिएका केहीलाई पाकिस्तान सरकारले थुनामा राखेर अनुसन्धान गरिरहेको बताएको छ।
 
सो विद्यालयमा भएको आमहत्यामा संलग्न आतङ्ककारीहरुलाई फाँसीको सजाय दिइएको यो पहिलो पटक भएको अधिकारीहरुले जानकारी दिएको छ। एपीएस विद्यालयको आमहत्यामा संलग्न कोहात जेलमा रहेका चार आतङ्ककारीलाई बुधबार बिहान झुण्ड्याइएको पेसावरका सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। कोहात जेलका प्रहरी अधिकारीका अनसुार मउल्भी अब्दुस सलाम, हज्रात अलि, मुजीबुर रहमान र सबिललाई झुण्ड्याइएको हो। आतङ्ककारीहरुको परिवारसँग मङ्गलबार भएको अन्तिम वार्तापछि उनीहरुलाई झुण्ड्याइने पुष्टि गरिएको अधिकारीहरुले जनाएका छन्। 
 
करिब एकवर्ष अघि डिसेम्बर १६ का दिन तालिवानी बन्दुकधारीले पाकिस्तानी सेनाले सञ्चालन गरेको एक विद्यालयमा गरेको सो आक्रमण देशकै भीषण आक्रमणको रुपमा रहेको थियो। यस आक्रमणमा मारिएकामा धेरैजसो सोही विद्यालयकै बालबालिका रहेका पनि प्राप्त समाचारमा जनाइएको थियो।
 
फाँसीको सजाय दिइसकेपछि ती आतङ्ककारीहरुको शवलाई उनीहरुका परिवारजनलाई बुझाइने प्रहरी अधिकारीले जानकाकारी दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ