arrow

नक्कली पाइलट प्रकरणः जहाज उडाएर फर्कदै गर्दा पक्राउ

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
buddha-air.jpeg
काठमाडौं । जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरका को–पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को–पाइलट स्वछन्द घले पक्राउ परेका हुन् ।
 
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई चार दिनअघि उनलाई पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआजी नवराज सिलवालले बताए ।
 
उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो ।
 
घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाइ इन्जिनियर हुन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ