arrow

इराकमा विवाह समारोहमा आत्मघाती विष्फोट, १५ को मृत्यु

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
iraq-MMAP-nd-ne.png
एजेन्सी । इराकमा एक विवाह समारोहमा आत्मघाती बम विष्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । 
 
दक्षिणी करबेला शहरमा एक विवाह समारोहबीच भएको आत्मघाती  विष्फोटमा १५ जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। 
 
आक्रमणकारी समूहले अन्धाधुन्ध गोलाबारी गर्नुका साथै भिडमा ह्याण्ड ग्रिनेड फालेको र ती सबैलाई सुरक्षा बलले मारेको प्रहरीको वक्तव्यमा उल्लेख छ। 
 
स्थानीय संचारमाध्यममा आएको प्रारम्भिक रिपोर्टले सुरक्षा स्रोतको हवाला दिँदै घटनाको दोष विवाह समारोहका दुई पक्षबीचको विवादलाई इंकित गरेको छ। आइतबार भएको सो विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ