arrow

साउथह्याम्पटनको पोष्टमा लिभरपुलको ६ गोल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1839510424.jpeg
एजेन्सी । इङ्गलिश लिग कप फुटबलमा साउथह्याम्पटनलाई फराकिलो अन्तरले हराउँदै लिभरपुल सेमिफाइनलमा पुगेको छ । विहिबार विहान सकिएको खेलमा साउथह्याम्पटनलाई ६–१ को फराकिलो अन्तरले स्तब्ध पार्दै लिभरपुल अन्तिम चारमा पुगेको हो । यो संगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
 
खेलको पहिलो मिनेटमै गोल गरेको साउथह्याम्पट पुरै समय सम्हालिन सकेन । लिभरपुललाई विजयी गराउन डिभोच्क ओरिगीले ह्याट्रिक गरे । डानिएल स्टुरिजले दुई तथा जोर्डन इबेले एकगोल गरे । म्यान्चेस्टर सिटी, एभर्टन र स्टोक सिटीले यसअघिनै अन्तिम चारको यात्रा तय गरिसकेका थिए । 
 
अब फाइन प्रवेशका लागि म्यानचेस्टर सिटीले एभर्टन तथा लिभरपुलले स्टोक सिटीसँग खेल्ने छन् । शनिबार हुने पहिलो लेगमा म्यान्चेस्टर सिटीले एभर्टनको घरेलु मैदान गोडिसन पार्कमा खेल्नेछ । आइतबार लिभरपुल र स्टोकबीचको सेमिफाइनल पहिलो लेग स्टोकको घरेलु मैदानमा हुनेछ ।
 
पुष ११ र १२ गते हुने सेमिफाइनल दोस्रो लेगमा म्यान्चेस्टर सिटी र लिभरपुलले आ–आफ्नो घरेलु मैदानमा एभर्टन र स्टोकसँग खेल्ने छन् । होम एण्ड अवेका आधारमा हुने सेमिफाइनलबाट समग्र नतिजाका आधारमा दुई टोली फाइनमा पुग्ने छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ