arrow

अमेरिकाको क्यालिफोर्नियास्थित अपाङ्ग केन्द्रमा गोलीबारी, १४ को मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1233912917.jpeg
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको सान बर्नारडिनोमा रहेको अपाङ्ग सामाजिक केन्द्रमा संदिग्ध व्यक्तिले गोलीबारी गरेका छन् । गोलीबारीमा परी १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । प्रहरी कारबाहीमा संलग्न एक अधिकारीका अनुसार संदिग्ध आक्रमणकारी समेत मारिएका छन् । जसमा एक पुरुष र एक महिला छन् ।
 
तेस्रो आक्रमणकारी भने फरार भएको बताइएको छ । फरार आक्रमणकारीको खोजी भइरहेको छ । सान बर्नारडिनोका प्रहरी प्रमुखले गोलीबारी अपाङ्गहरुका लागि बनाइएको सामाजिक केन्द्रमा भएको बताए । अपाङ्ग दिवशकै दिन अपाङ्ग बस्ने कन्द्रमा आक्रमण हुनु रहस्यमय रहेको बताइएको छ । ह्वाइट हाउसले घटनाको पुष्टी गर्दै राष्ट्रपति बाराक ओबामालाई घटनाबारे जानकारी आएको अधिकारीहरुले जनाएका छन् । घटनापछि केन्द्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरी प्रबक्ताले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ