arrow

२०१८ को विश्वकपपछि वायन रूनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Wayne_Rooney.jpeg
एजेन्सी। म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर वेयर रूनीले रसियामा हुने सन् २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । संचार माध्यमसँग कुरा गर्दे रूनीले सो कुरा बताएका हुन् ।
 
“हो रसिया, मलाई लाग्छ त्यही समय हुनेछ, जुनबेला मैले अन्तराष्ट्रिय फुटबललाई बाई भन्नुपर्छ” रूनीले भने । उनले थप भने “अझैं दुई वर्ष बाँकी छ । मैले १६ वर्ष उमेरदेखि व्यवसायिक फुटबल खेल्न सुरू गरे र १७ वर्षमा अन्तराष्ट्रिय खेल्न सुरू गरे । अर्को प्रतियोगितासम्म म ३४ वर्षको हुन्छु र मेरो लागि १५ वर्ष भनेको धेरै हो” । 
 
इङ्ल्याण्डका लागि ११५ खेल खेलिसकेका रूनीले ५३ गोल गरेका छन् ।इङ्ल्याण्डले विश्वकप छनौट खेल अन्तर्गत आउँदो आइतबार स्लोभाकियासँग खेल्ने छ ।
 
“रसिया यात्रा इङ्ल्याण्डका लागि केही गर्ने मेरा लागि अवसर हो र त्यसका लागि म केही गर्न पनि सक्छु भन्नेमा आशावादी पनि छु,” रूनीले भने । 
 
इङ्लिश क्लब अन्तर्गत पहिलो पटक २००२ मा एभर्टनमा डेब्यु गरेका रूनीलाई २००४ मा म्यान्चेष्टर युनाइटेडले आफ्नो क्लबमा अनुबन्ध गरेको थियो । त्यसयता रूनी म्यान्चेष्टर युनाइटेडसँगै आबद्ध छन् ।
 
म्यान्चेष्टर युनाइटेडका लागि ५ सय २४ खेल खेलिसकेका रूनीले २ सय ४६ गोल गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ