arrow

लोडसेडिङ बढ्यो (तालिका सहित)

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1537044359.jpeg
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ लोडसेडिङको तालिका जारी गरेको छ । भोली(शुक्रबारदेखि) लागु हुने तालिकानुसार अब दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ । विद्युत प्रणालीमा अत्याधिक लोड, भूकम्पले भत्किएका जलविद्युत गृह सञ्चालनको कठिनाई र नदीमा पानीको वहाव घट्दै गएकाले लोडसेडिङ बढाएको प्राधिकरणको तर्क छ । 
 
मधेस आन्दोलनले भारतीय नाकाहरु बन्द भएपछि काठमाडौं उपत्यका सहित देशभर खाना पकाउने एलपी ग्यास र इन्धन अभाव भएको छ । इन्धन अभावले विद्युतीय सामग्रीको प्रयोग बढेपछि लोड धान्न नसकेको प्राधिकरणले जनाएका छ । 
 
यद्यपि, उद्योग धन्दा बन्द भएका कारण विद्युत वितरणमा समस्या छैन । तर, लोड धान्न नसकेर टान्र्सफर्मर र विद्युतीय सामग्री बिग्रिने गरेपछि झन समस्या थपिएको छ । लोडसेडिङ बढेपछि अब नागरिक थप समस्यामा पर्ने छन् ।
तालिका 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ