arrow

प्रहरीको भवनका लागि प्रचण्डले पहल गर्ने

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
271996085.jpeg
काठमाडौं । सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयको स्थायी भवन निर्माणका लागि सरकारको नाममा रहेको जुट अनुसन्धान केन्द्रस्थित जग्गा उपलव्ध गराउनमा आफुले पहल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

उद्योग वाणिज्य संघ इटहरीको संयोजकत्वमा सर्वदलीय सदस्यता रहनेगरी इप्रका जग्गा प्राप्ति समिति नै गठन गरी सरकार र राजनीतिक दलका प्रमुख नेताहरुलाई भेटी जग्गाका लागि पहल गरिदिन आग्रह गरिएको समिति सदस्य मदन चुडालले बताए । 

प्रचण्डसँग भेट गरी जग्गाका लागि पहल गरिदिन समितिको डेलिगेशन पुगेको थियो । समिति सदस्यहरुसँग भेट गरी प्रचण्डले सुरक्षाका लागि प्रहरी कार्यालयको स्थायीत्व महत्वपूर्ण हुने भन्दै सरकारसँग पहल गर्ने आश्वासन दिएका छन् । 

समितिले उपप्रधान तथा भौतिक निर्माण मन्त्री विजयकुमार गच्छादार, भुमीसुधार मन्त्री रामकुमार सुव्वालाई भेट गरी सरकारी पहल थालिदिन आग्रह गरेको थियो ।  मन्त्री परिषदको निर्णय गराएरै इटहरी उपमहानगरपालिकाको शान्ति सुरक्षाको स्थायी व्यवस्थाको माग गर्दै समितिले गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग भेट गरेको थियो । चुडालका अनुसार सो जग्गा उपलव्ध भए इटहरीको प्रहरी कार्यालयको स्थायी रुपमा सञ्चालन हुँदा सरकारलाई पनि सहज हुने ज्ञापन बुझाईएको थियो । समितिले जग्गाका निम्ति कृषिमन्त्री हरिबोल गजुरेलसँग पनि भेट गरेका थिए ।

यसअघि इटहरीमा क्षेत्रीय रंगशाला निर्माणका लागि भएको थियो । जुट अनुसन्धान केन्द्रमै रहेको जग्गा सरकारले मन्त्रीपरिषद वैठकबाट निर्णय गरी खेलकुदलाई दिएको थियो । सरकारको नाममा केन्द्रको कम्तिमा ४० विग्गाह जग्गाह खाली रहेको छ । राजमार्ग नजिक रहेको इप्रका इटहरीको हालको कार्यालयमा काम गर्न मुस्किल छ भने हिरासतमा राख्ने स्थान पनि सुरक्षित छैन । प्रहरीहरुका लागि क्वार्टर नहुँदा इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा समस्यामा बस्नुपरेपछि इटहरीमा समिति गठन भई केन्द्रमा पहल गरिएको समिति संयोजक रोहित प्रसाईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ