arrow

रामपुर नगरपालिका एकीकृत सम्पत्ति कर लगाउने तयारीमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
741264682.jpeg
सीता डोटेल, रामपुर पाल्पा । नगरपालिका घोषणा भएको डेढ बर्षपछि पाल्पाको रामपुर नगरपालिकाले एकीकृत सम्पत्ति कर लागु गर्ने तयारी गरेको छ ।

आगामी बर्षदेखि नगरपालिका भित्र एकीकृत सम्पत्ति कर लगाउने तयारीमा राजनितिक सहजिकरण समिति, रामपुर उद्योग वाणिज्य संघ, संघसंस्था वडा नागरिक मञ्च, पत्रकार तथा बुद्धिजिबीसँग नगरपालिकाले अन्तरक्रियालाई तिब्रता दिएको छ । शहरी भन्दा ग्रामीण भेग बढी रहेको रामपुरमा प्रचलित बजार मुल्य, मालपोतको न्युनतम मुल्य र कर प्रयोजनका लागि गरिएको मुल्य गरि ३ प्रकारले जग्गाको मुल्याङ्कन गरिने नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम अर्यालले बताए । क्षेत्रफलको हिसाबले ठुलो नगर रहेको रामपुरमा आन्तरिक आम्दानी नबढाई बिकास असम्भब छ– आन्तरिक रुपमा बलियो भएर व्यबस्थित बिकासमा लाग्ने हो–अधिकृत अर्यालले भने । करको दायरामा हरेक क्षेत्रलाई ल्याउन आबश्यक रहेकाले यसको प्रयासमा लागेको अर्यालले बताए ।

नगरपालिकाभित्र रहेका जग्गा, त्यस्तो जग्गामा बनेका भबन, पर्खाल, टहरा, गोदाम, सेड, ग्यारेज जस्ता साझा भौतिक संरचना तथा ती सम्पत्तिको मुल्याङ्कन गरि त्यस करयोग्य मुल्य स्थानिय स्वायत्त शासन नियमावली २०५६ को अनुसुची १२ अनुसार कर लगाउने नगरपालिकाले जनाएको छ । त्यसो त नगरपालिकाले शहरी क्षेत्र, शहर उन्मुख क्षेत्र, आवास क्षेत्र, कृषि क्षेत्र र भिर पाखो गरि आबश्यकता अनुसार नगर क्षेत्र भित्र बिभाजन गर्न सक्नेछ । उद्योग व्यापार व्यबसायमा लाग्दै आएको कर केही मात्रामा बढाउने गरि उद्योग वाणिज्य संघ र सरोकारवालासँग छलफल गरेको छ ।   

एकीकृत सम्पत्ति कर लागु गर्न नगरपालिकाले १ बर्ष कार्यकाल रहने ५ सदस्यीय मुल्याङ्कन समिति गठन गर्नेछ । समितिलाई सहयोग गर्न अर्काे एक उपसमिति हुनेछ । नगरभित्र रहेको घर भएको जग्गा घडेरी, बाटोले छोएको पिछाड समेत धेरै भएको जग्गा र बाटोले नछोएको जग्गाको मुल्याङ्कन फरक फरक रहनेछ । शहरी क्षेत्रमा मालपोत मुल्य प्रति आना ३ लाख ५० हजार छ भने प्रति रोपनी ५६ लाख, प्रचलित बजार मुल्य प्रतिआना ९ लाख भएमा प्रति रोपनी १ करोड ४४ लाख र सोही प्रतिआना जग्गाको कर प्रयोजनको मुल्य १ लाख ७५ हजार अनुसार २८ लाख रुपँया प्रतिरोपनी मुल्याङ्कन गरिने अधिकृत अर्यालले बताउनुभयो । जग्गाको क्षेत्रफल किटान गरि प्रति आना मुल्याङ्कन गरि सोही अनुसार जग्गाको  मुल्याङ्कन गरिनेछ । जग्गा र घर वा भवनको मुल्याङ्कन गरि सम्पत्तिको जम्मा  मुल्याङ्कन हुनेछ । घरको मुल्याङ्कनमा घरको क्षेत्रफल, घरको औसत लागत दर, घर बनेको मिति, घरको मुल्याङ्कन मिति, ह्रस कट्टी दर, घरको मुल्याङ्कन र जग्गा ह्रस कट्टी गरि घरको वास्तबिक मुल्याङ्कन निकालिने नगरपालिकाका इन्जिनियर सुदीप सुबेदीले बताउनुभयो । एकीकृत सम्पत्ति करबाट उठेको रकम पुनः नगरका वडामा बिकासका लागि लगाउने गरि सम्पत्ति कर लागुको तयारी भएको अखण्ड नेपाल पार्टीका अध्यक्ष शिबशंकर जि.सी.ले बताउनुभयो । नगरबासीका नगरका भौतिक सम्पत्तिको मुल्याङ्कन हुनेछ ।

रामपुर नगरपालिकामा एकीकृत सम्पत्ति कर लागु भएपछि सम्पत्तिमा मालपोत भुमिकर तथा घर जग्गा कर लाग्ने छैन भने नेपाल सरकारको स्वामित्वमा, गुठी,धार्मिक संस्था, कुटनितिक नियोगका भबन र जग्गामा भने एकीकृत सम्पत्ति कर लाग्ने छैन । नगरपालिका घोषणा भइसकेको लामो समय भएपनि लागु नभएकोमा अब आगामी बर्षदेखि एकीकृत सम्पत्ति कर लागुभएपछि नगरपालिकाले थप १ नम्बर पाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ