arrow

काम गर्न भारत जाँदा गाउँ नै खाली

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
68964999.jpeg
कालीकोट । नयाँ संविधान जारी भएपछि जनतालाई सहज हुन्छ कि भन्ने बदालकोटका लाले सार्कीलाई आशा थियो । जब संविधान जारी भयो देशमा त महासङ्कट आयो । बस्न कठिनाइ भयो । नुन, तेल, चामल महँगीले नेटो काट्यो । खडेरी परेको घरमा बसेर घरपरिवार पाल्न कठिनाइ भयो । कहिले घर नछाडेका सार्की गाउँमा चर्को ऋण निकालेर भारत गए । आफ्ना पाँच छोराछोरी र भाइबुहारीका पाँच सन्तान गरी १२ जना परिवार पाल्न कठिनाइ भएपछि उनी भारत पसेका हुन् । 

गाउँमा ठालुको भूमिका खेल्दै आएका लालेले दुखेसो पोख्दै भने – “यस वर्ष खडेरीले बाली भएन र यसै वर्ष भारतले नाकाबन्दी गरेर उपभोग्य सामान किन्न हामी जस्ता गरिबले सकेनौँ ।” यसअघि कहिले नपरेको खडेरी यस वर्षमा पर्नु र नाकाबन्दीले महँगी बढ्नु गरिबका लागि दुर्भाग्य भएको स्थानीयवासी भनाइ छ । 

धौलागोहका स्थानीय शिक्षक धनकर्ण विकले यस वर्ष आकाशे पानीको भरमा खेती लगाउने यहाँका बासिन्दाका लागि बज्रपात नै भएको छ । नुनको प्रतिकिलो मूल्य अहिले ६० देखि ८० रुपैयाँ रहेको छ । खाने तेल आधा लिटरको रु १८० तिनुृपर्छ । 

बाजुरा र मुुगुको सीमामा पर्ने धौलागोह, खिन लगायतका गाविसमा उपभोग्य वस्तु मान्छे तथा खच्चरले बोक्नुपर्ने भएकाले महँगो हुने गरेको हो ।  यस वर्ष भारतले गरेको अघोषित नाकाबन्दीका कारण भारत जान दिने हुन् कि होइनन् भनेर खिनका हरिचन्द्र विकलाई चिन्ता थियो । सामान ल्याउन नदिने तर कामका लागि जान पाउने थाहापाए पछि विक भारत गए । यहाँका स्थानीयवासी बर्खे बाली धान, मकै, कोदो लगायतका बाली भित्र्याएर हिउँदे बाली गहुँ र जौ छरेर कमाईका लागि भारत जाने गर्दछन् । अहिले जिल्लाका अधिकांश गाउँ पुरुषविहीन भएका छन् । 

खिनको उखाडी, जांफे छलांहा, धौलागोहको लार्फा, घोचायावाडा लगायतका गाउँमा पुरुषविहीन भएका छन् । भारतमा सात महिना बसेर घर आएका बदालकोटका नौले तिरुवा हिउँदे बाली लगाएर एक महिना पनि घर नबसी फेरि भारत गएका छन् । उनले भने घरमा बसेर ऋण लगाउनु्भन्दा आफ्नो पेट पाल्ने र कपडाका लागि भारत गएको बताएका छन् । अहिले गाउँमा महिला तथा केटाकेटी मात्र देखिने गरेका छन् । 

गाउँ नै पुरुषविहीन भएपछि गाईभैँसीलाई घाँस काट्ने र बालबच्चालाई विद्यालय पठाउने काममै यहाँका महिला सीमित छन् । जिल्लाको सबैभन्दा बढी पलांता क्षेत्रका खिन धौलागोह, खिन, थिर्पु, राम्नाकोट, नानिकोट लगायतका गाविसबाट हिउँदको समयमा काम गर्न भारत जाने गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ