arrow

पाथीभरा मन्दिरको भेटिघाटीमा अख्तियारको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1119184411.jpeg
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन हुने भेटीघाटी व्यवस्थित गरी आधिकारिक निकायमा जम्मा गर्ने व्यवस्था मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । 

वार्षिक करोडौँ भेटी सङ्कलन हुने यस मन्दिरको भेटी पारदर्शी नभएको भन्दै अख्तियारमा उजुरी आएकाले मन्त्रालयलाई पत्रमार्फत नै भेटी आधिकारिक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन अख्तियारले निर्देशन दिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि पाथीभरा क्षेत्रको विकासका लागि ताप्लेजुङमा गठित सरकारको आधिकारिक समिति पाथीभरा क्षेत्र विकास समितिलाई पनि भेटी व्यवस्थापन गर्न निर्देशन दिएको बताइएको छ । हाल पाथीभरा क्षेत्रको भेटीघाटी स्थानीय स्तरमा गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले सङ्कलन गर्दै आएको छ । तर यो समितिले सङ्कलन गरेको भेटीघाटी पारदर्शी नभएको गुनासो बारम्बार आउने गरेको छ । 

समितिका सदस्यसमेत रहेका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले मन्त्रालय र अख्तियारबाट भेटीघाटी आधिकारिक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन आएकाले सरकारको आधिकारिक निकाय पाथीभरा क्षेत्र विकास समितिबाट भेटिघाटी सङ्कलन गर्ने व्यवस्था मिलाउने तयारी भएको जानकारी दिए । वार्षिक स्वदेशी तथा विदेशी गरी दुई लाखभन्दा बढी तीर्थालुले दर्शन गर्ने पाथीभरा मन्दिरबाट वर्षको एक करोड रुपैयाँभन्दा बढी भेटी सङ्कलन हुने गरेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ