arrow

बङ्गलादेशमा इस्लामी पार्टीलाई आर्थिक सहयोग गर्ने मुख्य व्यक्तिलाई फाँसी

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
mediaitem91018276.jpeg
ढाका। बङ्गलादेशमा सबैभन्दा ठूलो इस्लामी दलका प्रमुख आर्थिक सहयोगी तथा व्यापारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ भने मुसलमान बहुसङ्ख्यक जनता बसोबास गर्ने समस्याग्रस्त यस मुलुकमा यसबाट उक्त दललाई ठूलो धक्का पुगेको ठानिएको छ । 
 
सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुँदा भएका सङ्घर्षमा हत्या तथा अपहरण गरेको आरोपमा जमात–ए–इस्लामीका प्रमुख नेता मिर कसेम अलीलाई एक विवादास्पद अदालतले दोषी ठहर गरेपछि शनिबार मृत्युदण्ड दिइएको हो । 
 
कसेमलाई राजधानीबाट उत्तरमा पर्ने गाजिपुर कारागारमा उच्च सुरक्षा व्यवस्थासाथ झुण्ड्याइएको थियो । उनको शरीरलाई अन्त्येष्टि गर्न मणिकगञ्ज जिल्लास्थित उनकै पैत्रिक गाउँमा प्रहरीले लगेको थियो । 
 
स्थानीय प्रहरी प्रमुख नजरुल इस्लामले उनका परिवारका दर्जनौँ सदस्य अन्त्येष्टि प्रार्थनामा सहभागी भएको बताए । प्रधानमन्त्री शेख हसिना वाजेदको धर्मनिरपेक्ष सरकारले यो अदालत सन् २०१० मा गठन गरेको हो । यसपछि मृत्युदण्ड पाएका जमातका प्रमुख व्यक्तिमा अली पाँचौँ हुन् । 
 
यस अदालतले मुलुकलाई विभाजन गरेको छ र यसलाई जमात तथा प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टीले आफ्नो नेताको अन्त्य गर्ने छलको रूपमा लिएका छन् । 
 
गृहमन्त्री असादुजामान खानले इस्लामी समूहलाई गैरकानुनी क्रियाकलाप नगर्न चेतावनी दिएका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ