arrow

दुगड गोदाममा छापा, ब्ल्याक स्टिकर टाँसिएको ५ ट्रक खाने तेल बरामद

logo
प्रकाशित २०७२ मंसिर १७ बिहिबार
काठमाडौं । प्रहरीले जडीबुटीस्थित केएल दुगडको गोदाममा छापा मारेको छ । प्रहरी छापामा लुकाइ राखेको ५ ट्रक खाने तेल(धारा) भेटिएको छ । बजारमा तेलको अभाव देखाइ चर्को मूल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरी परिसर काठमाडौंको टोलीले छापा मार्दा स्वस्तिक आयल इन्डट्रिजबाट उत्पादित धारा खाने तेल नियन्त्रणमा लिएको छ । 
 
फ्याक्ट्रि म्यानेजर अमन जैन र सम्पर्क अधिकृत प्रमोद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । नाकाबन्दीअघि ल्याएको तेल लुकाएर चर्को मूल्यमा बिक्री गरेको भन्दै छापा मारेको महानगरीय प्रहरी परिसरले जनाएको छ । 
 
बजार अभाव हुनु अघि १ सय ८० रुपैयाँ मूल्य पर्ने तेललाई अहिले ३ सय ८० रुपैया लिएर  बिक्री गरेको बताइको छ । बढी मूल्यको स्टिकर टाँसी बिक्री गर्ने तयारीमा राखेको सो परिमाणको तेल नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । मधेस आन्दोल र भारतीय नाकाबन्दीका नाउमा उपत्यका लगायत देशका विभिन्न भागमा कालोबजारी मौलाएपछि प्रहरीले कारबाही अभियान थालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ