arrow

नीर शाहलाई डायमनशमशेर पुरस्कार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1882512669.png
काठमाडौँ। वरिष्ठ चलचित्रकर्मी नीरविक्रम शाह डायमन प्रतिभा पुरस्कार–२०७१ बाट सम्मानित हुनुभएको छ । चलचित्र निर्माता-निर्देशक शाहलाई आख्यानकार डायमनशमशेर राणाका ‘वसन्ती र ‘सेतो बाघ’जस्ता ऐतिहासिक कृतिलाई पर्दामा उतार्न सफल भएकामा सम्मानित गरिएको हो । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा विष्णुविभू घिमिरेलगायतले नगद रु २५ हजारसहित शाहलाई सम्मान गर्नुभयो ।
 
नेपाली चलचित्रमा लामो समयदेखि क्रियाशील रहेका सम्मानित व्यक्तित्व शाहले चलचित्रका माध्यमले राष्ट्रिय गौरव उचो राख्ने काममा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धेरै नेपाली कृति चलचित्र बनाउन योग्य रहेको भन्दै उहाँले यसका लागि स्पष्ट राष्ट्रिय नीति आउनुपर्ने बताउनुभयो । समीक्षक प्रा डा गोविन्दराज भट्टराईले डायमन शमशेरका उपन्यासमा ‘जादुमयी यथार्थवाद’ रहेकाले विद्यावारिधिका लागि उपयुक्त ठहरिएको बताउनुभयो । 
 
प्रा डा तुलसीप्रसाद भट्टराईले सभ्रान्त परिवारमा जन्मिएर पनि प्रजातन्त्रका खातिर करिब आठ वर्ष बन्दी जीवन बिताएका डायमनशमशेरको राजनीतिक व्यक्तित्वको चर्चा गर्दै उहाँले ऐतिहासिक उपन्यास लेखनलाई पनि हालसम्म कसैले प्रतिस्थापन गर्न नसकेको बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ