arrow

जी–२०मा युद्धविरामको बहसबीच सिरियामा श्रृंखलावद्ध विष्फोट, कम्तिमा ४८ को मृत्यु

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
siriya-blasat-news-AFP.jpeg
एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम विष्फोटमा परी कम्तिमा पनि ४८ जनाको मृत्यु भएको छ । समाचार संस्था एएफपीका अनुसार विष्फोट सरकारी नियन्त्रण रहेको क्षेत्र र कुर्द नियन्त्रण क्षेत्रमा भएका हुन् । 
 
सिरियाली राष्ट्रपति बसार अल असादको तटीय गढमा कम्तिमा पनि ३५ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्थालाई उदृत गर्दै एएफपीले जनाएको छ । 
 
सबै भन्दा शक्तिशाली विष्फोट सिरियाको तटीय क्षेत्र टारटूसमा भएको र अन्य विष्फोट होम्स, दमिश्क र कुर्द नियन्त्रण रहेको पूर्वी शहर हसस्काहमा भएको बताइएको छ । 
 
टारटूसमा रुसी एयरबेस रहेको छ । जहाँ बढी व्यक्तिको मृत्यु भएको छ । कारबम आक्रमणका घाइतेलाई उद्धार गर्ने क्रममा एक आत्मघाती आक्रमणकारीले कम्बरमा बाँधेको बम विष्फोट गराएको अधिकारीहरुले जनाएका छन् ।
 
केही समय अघि भएको विष्फोटमा कथित चरमपन्थी संगठन इस्लामिक स्टेटको हात रहेको बताइएको थियो । होम्सको एक सैन्य चेक पोइन्टमा समेत कार बम विष्फोट भएको छ । जसमा दुई जनाको मृत्यु भएको छ । हसस्काहमा पाँच जनाको मृत्यु भएको बताइएको छ । 
 
आइतबार मात्रै सेनाले सिरियाको ऐतिहासिक शहर अलेप्पो र अर्को महत्वपूर्ण क्षेत्र विद्रोहीबाट छुटाएर नियन्त्रणमा लिएको थियो । 
 
यसैबीच, चीमा भइरहेको जी–२० सम्मेलनमा अमेरिका र रुसले सिरियामा युद्धविराम गर्ने प्रयत्नबारे कुराकानी गरिरहेका छन् । निर्णय भने बाहिर आएको छैन । दुवै देशले यसबारे थप छलफल गर्ने सहमति गरेका छन् ।
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफुहरु सिरियामा जारी संघर्ष रोक्न र शान्ति स्थापनाका लागि तयार भएपनि रुससंगको केही मतभेदका कारण निर्णय हुन नसकेको आइतबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ