arrow

अफगान रक्षा मन्त्रालय अगाडि तालिवानी आक्रमण, कम्तिमा २४ को मृत्यु

तालिवानका प्रवक्ताले भने, ‘पहिलो पहिलो निशाना रक्षा, दोस्रो निशाना प्रहरी’

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
kabul_attack.jpeg
एजेन्सी । अफगानिस्तानको राजधानमी कावुलमा तालिवानले गराएको आत्मघाती आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ९० जना घाइते भएका छन् । 
 
कावुलमा रहेको रक्षा मन्त्रालयको मुख्यालय बाहिर दुई वटा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । मर्नेहरुमा सेनाका एक जनरल र दुई बरिष्ठ प्रहरी अधिकारी समेत रहेका रक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ । 
 
सुरक्षा बल र नागरिक मिलेर दुवै आक्रमणमा परी घाइते भएकाहरुको उद्धार गरेका छन् । आक्रमणको जिम्मेवारी तालिवानले लिएको छ ।
 
तालिवानका प्रवक्ता जबील्ला मुजाहिदले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो पहिलो निशाना रक्षा मन्त्रालय थियो । दोस्रोमा प्रहरी हाम्रो निशानामा थियो । रक्षा मन्त्रालय मुख्यालयको गेट हुँदै कर्मचारी कामबाट घर फर्किने क्रममा आक्रमण भएको हो ।
 
दुई हप्ता अघि कावुलमा रहेको अमेरिकन युनिभर्सिटी नजिकै भएको आक्रमणमा परी १३ जनाको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ