arrow

मोदीले ओबामालाई औंला ठड्याएको फोटो बन्यो भाइरल

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
modi_Obhama.jpeg
काठमाडौं। चीनको हाङ्झाउमा सोमबार सम्पन्न भएको जी-२० सम्मेलनमा आतंकवाद, व्यापार र विश्वव्यापी राज्य व्यवस्था जस्ता महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो। सम्मेलनमा अमेरिका र भारतको पनि सहभागिता रहेको थियो। अमेरिकाबाट राष्ट्रपति बाराक ओबामा र भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधित्व जनाएका थिए। तर सम्मेलन बखत यी दुई समकक्षीबीच एउटा मज्जाको घटना भयो।
 
सम्मेलन बखतको मोदी र ओबामाको एउटा फोटो यतिखेर सामाजिक संजालमा भाइरल भइरहेको छ। सो फोटोमा ओबामा मोदीको अगाडि देखिन्छन् भने मोदी पछाडिबाट औंला ठड्याएर ओबामालाई केहीँ भन्न खोजेका देखिन्छन्। हेर्दा निकै हाँस्यास्पद देखिने सो फोटो कति पनि समय नलगाइ सामाजिक संजालमा भाइरल भइदियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ