arrow

संसद बैठक अब यु–ट्युवबाट प्रत्यक्ष प्रशारण

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
samsad.jpeg
काठमाडौं । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रशारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ ।
 
‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रशारण हेर्न पाइने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको हो । 
 
यद्यपि यसबारे अन्तिम निर्णय हुन भने बाँकी नै छ ।
 
सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका–संसदका महासचिव मनोहरप्रसाद भट्टराई, संसद सचिव हिमलाल सुवेदी र सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युबमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो ।
 
व्यवस्थापिका–संसदका हरेक बैठकको प्रत्यक्ष प्रशारण युट्युबबाट गरिए मोफसलमा रहेका संचारमाध्यसमेत लाभान्वित हुनेछन् ।
 
सूचना प्रविधिको विकाससँगै सूचनाको प्रचारप्रसारमा व्यापकता ल्याउने उद्देश्यले यस्तो कार्य गरिएको सचिवालयले जनाएको छ । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ