arrow

चट्याङ लागेर आमा छोराको मृत्यु

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
Siraha-news-.jpg.jpeg
लहान । चट्याङ लागेर गएराति सिरहामा आमा छोराको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उहाँको १२ वर्षीय छोरा सुरज सदा रहेको प्रहरीले जनाएको छ । 
 
चट्याङले सुरज सदाको घटनास्थलमै मृत्यु भएको र जुर्मी उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । 
 
मृतक आमा छोराको शव स्वास्थ्य परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ